Asked by Anonymous User

on 8/6/21

सर मेरो ममि फोक्सोको बिरामि हुनुहुन्छ । 50 वर्षको हुनुभयो । बुबा 53 वर्षको हुनुभयो । उहाँहरू दूबैलाई ३ दिनदेखि ज्वरो आउने, शरीर दुख्ने लक्ष्ण देखिएको छ । कोभिड नि पोजेटिभ देखिएको छ । उहाँहरूले के अौषधि गर्ने, केके खान दिने ? यस्तो केही थाहा छैन ! एक्कासि कोरोना देखिएपछि म होपलेस जस्तै भाको छु के गर्ने होला ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

कोरोना संक्रमण भएका विरामीहरुले ध्यान दिनपर्ने कुराहरू: १. दीनको दुईपटक पटक तातोपानीको बाफ लिने २. झोल कुराहरु जस्तै सुप, दाल र गेडागुडीको रस, तातो पानी प्रशस्त खाने ३. अक्सिजनको मात्रा pulse oximeter बाट हरेक २-३ घन्टामा नापिरहने । ९०% भन्दा कम आएमा तुरुन्त अस्पताल जाने । ४. दीनमा ३ पटक आफ्नो तापक्रम/ ज्वरो नाप्ने । ९९ भन्दा बढी आएमा Paracetamol 500 mg दीनको ४ पटक सम्म खाने ५. फलफुलहरु तातो पानीमा राखेर खाने। चिसो खानेकुरा नखाने । ६. सुरक्षाका उपाएहरु अपनाउने । अरु मानिससंग नजिक हुँदा दुबैले मास्क लाउने ।

Answered on 8/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/corona1

Answered on 8/6/21

Post your Reply

Press Here to type in नेपाली ➤