Asked by raj Khadka

on 6/6/21

मेरो वुवा को उमेर ७५ वर्ष र आमा ६५ वर्ष हुनुभयो । विगत ४ महिना देखि बुवाले आमालाई रातको समयमा विभिन्न नराम्रो (यौनजन्न शब्दहरु) प्रयोग गरि गाली गर्ने पिट्ने गर्नुहुन्छ । आमा अन्य पुरुषसँग सम्वन्ध रहेको भन्ने भ्रमका कुरा गर्ने । त्यसैले हामीले पुर्नजीवन हस्पीटल बालकुमारी पुलको छेउमा रहेको डां सुदर्शन नसिङ्ग प्रधान सँग मनोसामाजिक परामर्श लिए ११ दिन सम्म भर्ना गरि राखेका थियोै । तर नियमित रुपमा औषधि पनि चलाएका थियौ. । घरमा ल्याउदा दिन भर बुवा आमाको राम्रो सम्बन्ध हुने तर राती त्यस समस्या दोहेरिने यसरी करिब २ महिना सम्म सगै चापागाउ मा हामी सँगै बस्नु भयो । त्यस पछि स्थायी घर निजगढ, बारा जिल्ला भएकोले बुवा आफु घर जाने कुरा गर्नु भयो र हामीले घरमा बुवालाई पठाएर आमालाई सँगै चापागाउमा नै राखेका थियौ । त्यस पछि बुवाले घर(निजगढ) बाट बारम्बार फोन गरेर आमालाई पठाइदिन भनेको भनै गर्ने , बुढेसकालमा हामी २ जनालाई छुट्याउने, म मेरो श्रीमतिलाई माया गछु । पहिलाको जस्तो व्यवहार गर्दन भनेर भन्ने गरेर फेरी यहि जेष्ठ ८ गते शनिवार आमालाई घर पठाइदिएका थियौ त्यहि दिन बेलुका घरमा बुबाले आमालाई पहिलाको जस्तै नराम्रो शब्द प्रयोग गरि पिट्नु भयो अहिले आमालाई छुटै घरमा राखेका छौ । घरमा बुबालाई सम्झौदा १ वर्ष देखि आमाले राम्रो व्यवहार नगरेको बुवालार्इं माया नगरेको भन्नुहुन्छ । आमाले नै बानी सुधारन लगा भन्नु हुन्छ । हामीले हेदा आमाले बुवालाई गर्ने व्यवहार राम्रो छ ।आमा कान कम सुन्नु हुन्छ साथै शारिरिक रुपमा कमजोर हुनु हुन्छ । आमा वाथको रोगी भएकोले घुडा दुख्ने समस्या पनि छ । अहिले बुवा आमा विना बस्न पनि नसक्ने सगै पनि बस्न नसक्ने देखिन्छ ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक नजिकै मनोरोगको डाक्टरलाई भेटेर परामर्श लिदा राम्रो हुन्छ कि । औषधि मिलाउनपर्ने हुन सक्छ । कतिपय अवस्थामा अस्पताल भर्ना पनि आवश्यक हुन सक्छ । सकिन्छ भने कुनै अस्पताल मा वा पहिले आफुले देखाएको मनोचिकित्सकलाई भेटेर सल्लह लिनुहोला।

Answered on 7/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/psychiatry

Answered on 6/6/21

Post your Reply

Press Here to type in नेपाली ➤