Asked by Anonymous User ,32 years

on 3/2/19

मलाइ वाल्यकाल देखी नै कहिलेकाही रिंगटा चल्ने, दिमाख असन्तुलीत हुने, एक्लै वाेल्ने, हिडने मुर्छा पर्ने समस्या थियाे । CT scan र नसाराेग विशेषज्ञ काे परामर्ष पछी ट्रमाटीक सिजर भएकाे भनेर विगत ५ वर्ष देखी Phenytoin Eptoin 300 mg लिइरहेकाे छु । अाैषधी लिउन्जेल सिजर नभएपछी २ वर्ष अगाढी अाैषधी घटाएर 200 mg लिएकाे १ महिनामा ३ पटक अटयाक भयाे । डाक्टरकाे सल्लाह वमाेजिम फेरी 300 mg नै लीए ।300 mg अाैषधी लिउन्जेल सिजर भएन । १ महिना अगाढी चेक अप गर्दा डाक्टरकाे सल्लाह वमाेजिम फेरी 150 mg घटाएर अाैषधी लिन भनेकाे र साेही वमाेिजम अाैषधिकाे मात्रा घटाए पछी १ महिनामा पुनः ३ पटक सिजर वाट अटयाक भएकाे छ । पहिले त्यस्ताे भएर हाेसमा अाए पछी एकदमै टाउकाे दुख्थ्याे । अहीले रिङटा मात्र लाग्छ र केही समय अाराम गरेपछी सामान्य हुन्छ र पहिला जस्ताे टाउकाे दुख्दैन ।के सिजर वाट पुर्ण छुटकारा पाउन सकिन्न,Phenytoin Eptoin भन्दा प्रभावकारी अरू अाैषधी छ की, के अव मैले सधैभरी अाैषधी लिइराख्नु पर्ने हाे र कृपया सल्लाह दिनुहाेला

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँले भनेअनुसार कहिलेकाही seizure k औषधि घटबढ गराउदा वा एक्कासी छोडेमा फेरि एट्याक दोहोरिन सक्छ । त्यसैले सन्तुलित मात्रामा र बिस्तारै यो औसधिको डोज घटाउने गर्नुपर्छ । seizure धेरै किसिमको हुन्छ र त्यसको प्रकृति हेरेर यसमा प्रयोग गर्ने औसधिको निर्धारण गरिन्छ । तपाइको रोगअनुसार नै हजुरको डाक्टरले phenytoin चलाउनुभएको होला । अरु औसधि सुरु गर्ने वा के गर्ने भन्नने सल्लाह तपाइको रोगको बारेमा विस्तृत थाहा भएकाले तपाइले देखाइरहनुभएको डाक्टरलाई नै बढी थाहा हुन्छ । त्यसैले एकपटक आफ्ननो चिकित्सकसंगनै सल्लाह गरेर के गर्ने भन्मे निर्णय लिन उचित होला ।

Answered on 5/2/19

Post your Reply

Press Here to type in नेपाली ➤