Asked by Anonymous User ,51 years

on 28/5/21

म कोरोना positive भएको 23/24 दिन भयो | 5 दिन पहिले गरेको स्वाब परिक्षणबाट मेरो Negative Report आईसक्यो | आज बिहान देखि मेरो छातीको दाहिने भाग तल्लो करङबाट count गर्दा 4/5/6 स्थानमा खोक्दा अत्यन्त धेरै, लामो स्वास फेर्दा दुख्ने र अन्य बेला समेत दुखिरहने भएको छ।खोकी कोही कोही बेला लाग्छ,जरो छैन ।एक्स रे गराउंदा छाती ठिक छ रे,एक्स रे गर्ने ले भनेको | डा संग भेट हुन सकेन।अन्त consult गरी जान डर लाग्यो, भरखर कोरोना ठिक भएको अवस्था छ ।के गर्नु पर्ला ?

Replies to question

Post Reply

मैले ७ दिन अघि यसै बिषयमा जिज्ञासा राखेको थिएं।अहिले usg पनि गराई सकें, Report मा ठिक छ।खोकी पनि अब छैन।तर सांस लिंदा पनि दुख्छ,कोही कोही बेला सहनै नसक्ने गरी दुख्छ।कुनै घाउ वा चोटपटक छैन तर छाम्दा समेत दुख्छ। hybro भन्ने pain killer र Dopan Dsr भन्ने औषधी खाली पेटमा बिहान 1 टाईम खाई रहेको छु। दुखाईमा सुधार छैन।अरू केही थप टेस्ट गर्न पर्छ ?

Answered on 5/6/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

एक्स रे ठिक छ, अक्सिजनको मात्रा ठिक छ भने ऐले धेरै आत्तिनु पर्दैन । कहिलेकाही लामो सास लिदा, खोक्दा छाती दुख्ने समस्या देखिन सक्छ । विस्तारै समयसंगै ठिक हुँदै जान्छ।

Answered on 28/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters