Asked by Pedang Taplejung

on 19/1/19

ब्रैन ट्युमरको लक्षणहरु के के हुन? केही महिना अघि देखि लगातार टाउको को बिच भागमा दुख्ने ,चस्का हान्ने , टाउको भारी हुने गर्छ , यो रोग बशांनुगत पनि हुन्छ कि, पहिला मेरो आमा को लडेर टाउकोमा चोट लागेको र 6/7 बर्स पछि टुयुमर भएको थियो, कहाँ सम्पर्क गर्ने होला??

Replies to question

Post Reply

यस्तो समस्या धेरै रोगमा देखिन्छन । माइग्रेन भन्ने टाउको दुख्ने समस्या, टेन्सन हेडेक आदि विभिन्न टाउको दुख्ने रोगहरु हुन सक्छन । लामो समयसम्म टाउको दुखेमा, आफ्नो दीनचर्यामा नै असर परेमा भने भित्रको केही समस्या छ कि भनेर परिक्षण गराउनुपर्छ । त्यसको निम्ति सिटी स्क्यान लगायतका जाचहरु गरेपछी थाहा हुन्छ । एकपटक नसा सम्बन्धि चिकित्सकलाई भेटेर सल्लाह लिएर त्यसैअनुरूप गर्नुहोला । धन्यवाद

Answered on 22/1/19

Post your Reply

Press Here to type in नेपाली ➤