परिवर्तनशील विश्वमा युवाहरू तथा मानसिक स्वास्थ्य  

Article   Dr. Reet Poudel (डा. ऋत पौडेल)  on Thu, Mar 07 2019 07:33 PM 2081 Views 0 Comments 1 persons recommended

भर्खर नै एउटा समाचार आएको थियो, नेपालमा एउटा किशोर ले फेसबुक  लाइभमा आफ्नो आत्महत्याको  प्रतक्ष्य प्रसारण गरे | आत्महत्या नै एउटा दुखद अन्त हो त्यश माथि सामाजिक संजाल मा आत्महत्याको  प्रतक्ष्य प्रसारण गर्नुले आफै मै गम्भीर प्रश्न खडा गर्दछ तर यो पहिलो घटना भने हैन,  बिश्वभरिनै यस्ता थुप्रै घटना हरु भएका छन् | आजकाल को विश्वम परिवर्तनशील छ | पहिले सयुंक्त परिवारमा बस्ने मानिस हरु आजकाल सानो परिवारमा बस्न लागे का छन् | परिवार र आफन्त जुन साथ् र आत्मियता पहिले पाइन्थ्यो आहिले विस्तार त्यो कम हुदै गएको छ, मानिस आजकल एक्लो भएको छ | बैदेशिक रोजगार मा जाने युवाहरू त झन् परिवार बाट टाढा र नया र नौलो ठाउँमा काम गर्न बाध्य छन् | भनिन्छ जति मान्छे परिवारको नजिक छ, जति बढी उसका परिवार र इस्टमित्र ले साथ दिन्छन् उति नै मानसिक स्वास्थ्य त्यो व्यक्ति को राम्रो हुन्छ र कुनै मानसिक रोग लागे पनि ठिक हुने मौका बढी हुन्छ | सामाजिक संजाल (फेसबुक, इन्स्टाग्राम आदि) ले हामीलाई झन् मानिसहरु सित टाढा धकले को छ | एउटा मानिस अरु मानिस संग को सम्बन्ध मा खुशी हुनु पर्ने हो तर आजकाल हाम्रो खुशी भौतिकवादी भएको छ | हामी कतै घुम्न गए घुम्न भन्दा बढी फोटो खिचेर सामाजिक संजालमा राख्न ब्यस्त हुन्छौ र त्यो फोटो कतिले मन पराए त्यसमा हाम्रो खुशी निर्भर हुन्छ | यो सबै आजको परिवर्तनशील विश्वको उदाहरण हो र यो निकै द्रुत गतिमा बद्ली रहेको हाम्रो समाजले सभभन्दा बढी असर गर्ने भनेको हाम्रो युवा पुस्ता लाई हो |

हरेक बर्ष विश्व स्वस्थ संगठनले अक्टोबर दस तारिकको दिन विश्व मानसिक स्वास्थ्य दिवस मानाउछ र यो वर्ष को मानसिक स्वास्थ्य दिवस “परिवर्तनशील विश्वमा युवाहरू तथा मानसिक स्वास्थ्य “ भन्ने नारा का साथ विश्व भरि मनाइदै छ | युवा उमेर भनेको वयस्कता र वयस्कता को शुरुआती वर्ष हो जब जीवनमा धेरै परिवर्तन हुन्छ, उदाहरण को लागि स्कूलहरु को परिवर्तन , घर छोडेर एक्लै बस्नु, र विश्वविद्यालय या एक नयाँ नौकरी शुरू गर्नु। धेरैका लागि, यो रोमाञ्चक समय पनि हो | यो समय तनाव र आशंकाको समय पनि हुन सक्छ र यो समय को उतार चडाव सित आफ्नो जीवन को सन्तुलन कायम गर्न नसकेको खण्ड मा यसले मानसिक स्वास्थ्यममा नकारात्मक आसर गरि बिभिन्  मानसिक रोग निम्त्याउन पनि सक्द छ।

 

सबै मानसिक रोगको आधा 14 बर्षको उमेरमा सुरु हुन्छ:


सबै मानसिक बीमारीको आधा 14 बर्षको उमेरमा सुरू हुन्छ, तर प्रायः घटनाहरू को पहिचान र उपचार समयमै हुदैन | विश्वभर पन्ध्र देखि उन्नान्तिश वर्षीय युवाहरू  मृत्युको दोस्रो प्रमुख कारण  आत्महत्या हो । विश्व स्वस्थ संगठनको आनुसार आत्महत्या  हुने दर नेपाल को विश्व को प्रमुख दश देश हरु मध्ये पर्छ जहाँ १,००००० व्यक्ति मध्ये २४.९  आत्महत्या गर्छन र यस मा पनि सभ भन्दा धेरै युवाहरू छन् | रक्सी र अवैध औषधिको हानिकारक प्रयोग धेरै देशहरूमा एक प्रमुख मुद्दा हो र यसलेअसुरक्षित यौन सम्पर्क वा खतरनाक गाडी हकाई जस्ता जोखिमपूर्ण व्यवहार हरु बढाऊन सक्छ । निन्द्रा गडबडी, पढाईमा असफलता, डिप्रेसन, आतिने रोगन, अवैध औषधिको  हानिकारक प्रयोग, रक्सी र चुरोट सेवन जस्ता थुप्रै समस्या हरु धेरै जसो युवा उमेर मै सुरु हुन्छन र यसले हाम्रो जीवन नसोचेको ढंग ले परिबर्तन गर्न सक्छ |

 

रोग को रोकथाम राम्रो बुझाई संग सुरु हुन्छ:

मानसिक रोग को समयमै पहिचान र रोकथाम को लागि युवा र  किशोर अवस्थामा नै थुप्रै काम हरु गर्न सकिन्छ |  मानसिक रोगको राम्रो बुझाई र यसका सुरवती लक्षण हरुको जानकारी र जागरूकता नै मानसिक रोगको रोकथाम को प्रमुख अस्त्र हो  । आमाबाबु र शिक्षकहरूले बालबालिका र किशोरका  जीवनको निर्माण गर्न उनीहरूले घर र विद्यालयमा जीवनका विभिन्न चुनौतीहरू सामना गर्न मद्दत गर्न सक्छन्। मानसिक रोग लक्ष्यण पत्ता लगाउन र व्यवस्थापन गर्न बिद्यालय र विभिन्न स्वस्थप्रदायक संस्था मा सीपमुलक तालिम प्रधान गर्नु को साथै स्वास्थ्य कर्मचारी हरु लाई आधारभूत मनोवैज्ञानिक परामर्श दिन सक्ने गरि छमता अभिब्रिधि गर्नु जरुरि छ | सरकारहरू द्वारा मानसिक स्वास्थ्यमा लगानी र युवाहरूको मानसिक स्वास्थ्यको लागि व्यापक, एकीकृत, प्रमाण-आधारित कार्यक्रमहरूमा सामाजिक, स्वास्थ्य र शिक्षा क्षेत्रहरूको संलग्नता आवश्यक छ । यो लगानीले किशोर र युवाहरु लाई आफ्नो मात्र नभएर आफ्नो साथीहरु मानसिक स्वास्थ्यको बारे मा जगरूप हुन र एक आर्कालाई सहोग गर्ने बाताबरण निर्माण गर्न सहोयोग गर्नेछ |  अभिभावकहरु र शिक्षकहरूले किशोर र युवाहरु को जीवनमा निकै नै महौतापुर्ण भूमिका निर्भा गर्ने हुनाले किशोर र युवाहरु लाई मानसिक स्वास्थ्य सम्बन्धि परमभिक ज्ञान दिन र उनिहरुलाई आफ्नो साथीको   सहयोग गर्न प्रेरणा दिन जरुरी छ | युवाहरू हाम्रो समाजको भविस्य हुन र उनि हरु को मानसिक स्वास्थ्य को जिम्मेवारी हामी सबैको हो| यो कुरा सबै मा जानकारी गराउनु नै यसपाली को मानसिक स्वास्थ्य दिवसको मुख्य लक्ष्य हो |

Leave a comment