कपाल झर्ने समस्या ? यो पढ्नुहोस र शेअर गर्नुहोस्:  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:16 PM 3085 Views 0 Comments 1 persons recommended

कपाल झर्ने समस्या ? यो पढ्नुहोस र शेअर गर्नुहोस्:

१ कारणहरु: वंशानुगत्, आइरन को कमि, फङ्गल इन्फेक्सन्, कुनै मानसिक अथवा शारिरिक तनाब्, श्याम्पू अथवा प्रोडक्ट को प्रयोग ।

२ उपचार : 

a. कुनै रोग हरु अथवा शारिरिक मानसिक तनाब ले गर्दा कपाल झरेको हो भने कुनै उपचार नगरे पनि ६ महिना देखी १ बर्ष भित्र कपाल आफै फेरी पहिले जस्तै पलाएर आउंछ । यो समयमा कुनै पनि उपचार गर्नु पर्दैन । पौष्टिक आहार मात्र भए पुग्दछ ।

b. फंगल इन्फेक्सन ले गर्दा भएको रहेछ भने स्टेरोइड सुई र एन्टिफंगल औषधी प्रयोग गरी कपाल झरेको ठाउंमा पुन: कपाल उमार्न सकिन्छ ।

c. आइरन को कमी : बिशेष गरी महिलामा हुने यो समस्या आईरान चक्की मात्र खाएर समाधान हुन्छ । अरु कुनै पनि उपचार अवस्यक हुंदैन ।

d. बंषणुगत कारण्: यो अवस्था मा चाहिं सामान्य उपचारले काम गर्दैन । यसको लागी कपाल प्रत्यारोपण (Hair Transplat) नै गर्नु पर्दछ । एक्चोटी रोपिसकेपछी त्यो कपाल कहिले पनि झर्दैन र आफ्नो प्राकृतिक कपाल जस्तै नुहाउन, रङ गर्न, लामो भएपछी काट्न सबै गर्न मिल्छ । बिशेष गरी दाग रहित FUE प्रकृया को प्रत्यारोपण राम्रो हुन्छ ।

e. अन्य उपचारहरु : कपाल झर्न बाट रोक्नको लागी यि उपचारहरु उपयुक्त हुन्छन्: 

अ. PRP उपचार : कपाल पुरै नझारिसकेको र पातलो भएको अवस्थामा यो उपचार उपयुक्त हुन्छ । यस्मा आफ्नै रगतलाई प्रशोधन गरी कपाल झरेको ठाउंमा इन्जेक्ट गरिन्छ।

आ. औषधिहरु: मिनक्सिडिल तथा फिनेस्टराइड जस्ता औषधी हरु बाट ६०% भन्दा बढी मानिस हरुको कपाल झर्ने समस्या रोकिन्छ । बांकी ४०% मा चहिं यो उपचारले काम गर्दैन । साइड इफेक्ट हरुको खतरा हुन सक्छ ।

इ. लेजर प्रबिधि: कपाल झर्ने रोक्न र केहि मात्रामा नयाँ कपाल उमार्न लेजर प्रबिधी उपयुक्त हुन्छ । यसमा साइड इफेक्ट हुंदैन र घरमै प्रायो गर्न सकिन्छ । यो प्रबिधिलाई LLLT: Low level laser therapy भनिन्छ ।

ई: कपाल प्रत्यारोपण्: बंशनुगत कारण बाट कपाल झर्ने पुरुष हरुलाई यो प्रबिधी उपयुक्त हुन्छ । यसमा आफ्नै टाउको को पछाडिको भाग बाट कपाल निकाली कपाल नभएको ठाउंमा हालिन्छ । यो कहिलेइ पनि झर्दैन ।

कती खर्छ लाग्छ ?

अ. औशधि: १-२ हजार प्रती महिना

आ. PRP Treatment: १०००० प्रती महिना ४-५ महिना सम्म

इ. लेजर काइंयो: १५००० एक पटक्, घरमा बर्षौं प्रयोग गर्न सकिने

ई. कपाल प्रत्यारोपण Hair Transplant: १ लाख देखी माथि सधैं भरिको लागी । पर्मानेन्ट हुने ।

बिस्तृत जानकारी तथा उपचारको लागी नाम लेखाउन फोन: 014771045 or 9860777206

Leave a comment