चांया पोतो ? के गर्ने, के नगर्ने  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:15 PM 3770 Views 0 Comments 6 persons recommended

चांया पोतो ? के गर्ने, के नगर्ने: 

घरमा गर्न सकिने:
१ । 30 वा 50 SPF भन्दा माथिको सन्स्कृन लगाउने । कम्तिमा दिनको दुइ पटक । लगाउंदा सस्तो सन्स्कृन खोज्दै वा बिज्ञापनको भरमा नलगाउने । मेरो रोजाइका सन्स्कृन हरु: Shadow gel, uvel कुनै पनि औषधी पसलमा पाइन्छ

२ । घाम तपाइंको छालाको दुश्मन हो । बाहिरा निक्लिदा छाता, मास्क को प्रयोग गर्ने । अनुहारलाई घाम बाट बचाउने

३ । भिटमिन C भएको कृम य लोशन प्रयोग गर्ने । भिटामिन C को antioxidant प्रकृती ले गर्दा चायां पोतो कम हुन्छ

४ । ग्यारेन्टी साथ उपचार हुन्छ भनिएका कृम हरु प्रयोग नगर्ने । यिनमा कडा स्टेरोइड तथा अन्य हानिकारक केमिकलहरु हुन्छन । सुरुमा चायां पोतो गए जस्तो भएपनी बिस्तारै छाला लाई पर्मानेन्ट रूप मा बिगार्छन

डाक्टर संग उपचार्:
तपाइंको छाला र चायां पोतो को प्रकार (Dermal, epidermal, mixed) हेरी सबै भन्दा उपयुक्त उपचार डाक्टर ले गर्छन । यि उपचार हरु दिर्घकालिन हुन्छन तर छाला लाई हानी हुंदैन । डाक्टर ले गर्ने सक्ने सम्भावित उपचार हरु यिनी हुन्:
१ । केमिकल पील्: केमिकल को प्रयोग गरी बिगृएको छाला लाई पील गरिन्छ ।
२ । ब्लिचिङ्ग कृम्: Hydroquinone, kojic acid, glycolic acid जस्ता कृम हरु बढिमा ६ महिना सम्म दिइन्छ ।
३ । खाने औषधि: Tranexamic acid जस्ता खाने औषधी दिइन सक्छ ।
४ लेजर : सबै लेजर एउटै होईनन । Fractional CO2, IPL जस्ता लेजर हरु प्रयोग नगरेकै राम्रो । q-switched ND:YAG लेजर जुन ट्यटु हटाउन प्रयोग गरिन्छ, चायां पोतो को लागी यो लेजर मात्र प्रभाबकारी हुन्छ ।

अन्त्यमा यो बुझ्नुहोस्: चायां पोतो सधैंभरिको लागी हटाउन को लागी उपचारपछी पनि छालाको स्यहार आवस्यक हुन्छ नत्र फेरी आउनेछ ।

अन्य जानकारी को लागी आफु नजिकैको छाला रोग बिशेषज्ञ संग भेटी परामर्श गर्नुहोस य हाम्रो क्लिनिक को फोन 014771045 or 9860777206 मा सम्पर्क गर्नुहोस

Written by Dr. Suyog Mainali for Public Awareness


 

Leave a comment