अल्सरेटिव कोलाइटिस : दिसा संगै रगत मिसिएर आउने रोग  

Article   Dr. Mukesh Sharma Paudel  on Sun, Feb 14 2021 02:46 PM 756 Views 0 Comments 4 persons recommended

दोलखा का एकजना ४५ वर्सिये बिरामी लाइ गत डेढ वर्ष देखि रगत मिसिएको दिसा जाने समस्या थियो। पाइल्स को समस्या ले गर्दा रगत आएको होला भनेर डेढ बर्ष उपचार गराउदा पनि उहालाई निको भएन। अन्तत उहा एक महिना अगाडी बिर आस्पताल आउनु भयो। धेरै रगत बगेका कारण ले उहालाई रगत चढाइयो । विभिन्न जांच गर्दा उहालाई अल्सरेटिव कोलाइटिस रोग ले गर्दा समस्या उत्पन्न भएको देखियो। सोहि रोग को उपचार सुरु गरे पछि अहिले उहालाई निको भै रहेको छ। रगत मिसिएर दिसा आउने समस्या का विभिन्न कारण हुन्छन। दिसा गर्ने ठाउ मा रगत को नशा फुटेर रगत बग्नु ( पाइल्स ), चिरिएर रगत बग्नु ( फिसर ), मासु पलाउनु ( पोलिप वा क्यान्सर) र ठुलो आन्द्रा मा घाउ हुनु (अल्सरेटिव कोलाइटिस) केहि प्रमुख कारण हुन्। ठुलो आन्द्रा को भित्रि भाग मा सुन्निएर अल्सर बन्ने रोग लाइ अल्सरेटिव कोलाइटिस भानिन्छा। लगभग १५० सेमी लम्बाई भएको ठुलो आन्द्रा को अन्तिम तिर को भाग (रेक्टम) लाइ यस रोगले असर गर्ने गर्दछ। समय मै निदान र उपचार नपाएको अवस्था मा भने एसले पुरै ठुलो आन्द्रामा असर गर्छ। अल्सरेटिव कोलाइटिस ले प्राय ११ देखि ३० वर्ष समूह का व्यक्ति लाइ असर गर्छ। बेला बेला मा दिसा मिसिएको रगत आउने अनि अरु बेला केहि समस्या नगराउने भएका ले पनि यो रोग को निदान गर्न ढिलाई हुने गर्छ। अल्सरेटिव कोलाइटिस हुदा दिसा मा रगत देखिन बाहेक अरु पनि लक्षण देखिन्छन : पातलो दिसा जाने, पेट दुख्ने र छिटो छिटो दिसा जान मन लाग्ने । ठुलो आन्द्रा धेरै नै सुन्निएको अवस्था मा भने अत्यधिक पेट दुख्ने, खान नरुच्ने र दुब्लाउदै जाने हुन्छ। यो रोग पत्ता लगाउन का लागि चिकित्सक हरु ले विभिन्न किसिमका रगत जांच गर्छन। भिडियो एक्सरे र सिटि स्क्यान बाट यो रोग पत्ता लगाउन सकिन्न तर अरु रोग बाट छुटयाउन का लागि गरिन्छ। अल्सरेटिव कोलाइटिसको निदान गर्न चिकित्सक ले दिशा गर्ने ठाउँ बाट दुरबिन जोडिएको पाइप ले हेर्ने (कोलोनोस्कोपि) र सुन्निएको भाग बाट मासु को टुक्रा निकाली जांच (बयाप्सी) गर्दछन। अल्सरेटिव कोलाइटिस सरुवा रोग हैन। यो रोग महिला र पुरुष हरु मा उत्तिकै मात्रा मा देखिन्छ। परिवार मा कसैलाई अल्सरेटिव कोलाइटिस छ भने अरु सदस्य लाइ हुने जोखिम बढ्छ। लगवाग १० प्रतिसत अल्सरेटिव कोलाइटिस का बिरामी हरु को परिवार का अरु सदस्य लाइ पनि यहि रोग हुन्छ। अल्सरेटिव कोलाइटिस भएका लाइ ठुलो आन्द्रा को क्यान्सर हुने जोखिम हुन्छ। लामो समय सम्म यो रोग भएका र ठुलो आन्द्रा को धेरै भाग मा घाउ भएका लाइ यो जोखिम बढी हुन्छ। अल्सरेटिव कोलाइटिस लागेको लगभग ८ वर्ष पछि क्यान्सर हुने जोखिम धेरै हुने भएकै कारण ले , हरेक १-२ बर्ष मा कोलोनोस्क्पि गर्नु पर्छ। यो रोग लागेका व्यक्ति लाइ कलेजो , छाला, आखा, मुख र जोर्नी क समस्या हरु पनि देखिन्छन। यो रोग को उपचार दुइ चरण मा हुन्छा। पहिलो चरण मा औसधिहरु दिई सुन्निएको कम गर्ने र रगत बग्ने समस्या लाइ रोकिन्छा। दोश्रो चरण मा फेरी फेरी रगत बग्ने समस्या नहोस भनेर,औसधि हरु लामो समय सम्म चलायिन्छ। उपचार का लागि प्रयोग गरिने औसधि हरु निम्न प्रकार का छन् १ येमिनो सालिसैलेट (AMINOSALISYLATE) २ स्टेरोइड (STEROIDS) ३ येजाथयोप्रिन (AZATHIOPRINE) ४ बयोलोजिकल्स (BIOLOGICALS) खाने औसधि ले काम नगरेको खण्ड मा, औसधि को साइड इफेक्ट भए मा , ठुलो आन्द्रा धेरै नै सुन्नियेमा ( Toxic megacolon) वा क्यान्सर देखिए मा अपरेसन गरेर ठुलो आन्द्रा काट्नु पर्ने हुन्छ। खाने कुरा हरु बारेर अथवा अरु घरायेसी औसधि को सेवन ले यो रोग मा फाइदा हुदैन। यो रोग संग फूड अलेर्जी को पनि कुनै सम्बध हुन्न। बिरामी हरु ले सन्तुलित आहार को सेवन गर्नु पर्दछ। लामो समय सम्म रहने रोग भएका ले, यस रोग सम्बन्धि निदान र उपचार को अनुभव भएका ग्यास्ट्रोइन्टेरोलोजिस्ट को नियमित सम्पर्क मा रहनु पर्दछ। उपचार का लागि प्रयोग गरिने औसधि ले पनि साइड इफेक्ट गर्ने भएका ले रगत को जांच हरु गर्न पर्ने हुन्छ। ठुलो आन्द्रा को क्यान्सरको लागि पनि माथि भनिए जस्तै जांच गर्नु पर्ने हुन्छ। यस रोग का लागि ग्यास्ट्रो इन्टेरोलोजिस्टलाइ भेट्न जादा यी कुरा हरुको ध्यान राख्नु होस् : १ आफ्नो लक्षण हरु सबै बताउनुहोस् २ मन मा केहि प्रस्न भएमा निर्धक्क सोध्नु होस् ३ केहि कुरा नबुझे मा वा स्पस्ट नभएमा पटक पटक सोध्नुहोस ४ आफु संगै कोहि साथी वा नाते दार लिएर जानुहोस

Leave a comment