Something about Mental Illness🙂  

Article   Dr. Devesh(देवेश) Pradhan  on Mon, Aug 10 2020 11:10 PM 724 Views 0 Comments 1 persons recommended

 

अपहेलना हैन, माया गरौं।

लाज नमानी आगाडि आउँ।

 

१. हरेक चार मानिस मध्ये एक मानिसको जीवनकाल भरिमा कुनै न कुनै मानसिक समस्या हुने गर्दछ, ति मध्ये लगभग दुइ तिहाइ(६०%) बिरामी, अपहेलना र लाजका कारणले उपचार सम्म पुग्दैनन्। 

 

२. मानिसहरुमा विभिन्न प्रकारका मानसिक रोग हुन सक्छ तर सबै मानसिक समस्या 'पागलपन' होईन।

 

३. मानसिक रोग कुनै पूर्व जन्मको पाप/श्राप अथवा जादु तोनाले गर्दा हुँदैन।

 

४. जस्तै सुगरका बिरामीमा इन्सुलिन हार्मोनको कमीले गर्दा सुगर गड्बडी हुन्छ, त्यस्तै प्रकारले मानसिक समस्यामा पनि न्युरोट्रान्समिटर (मानिसको मस्तिष्कमा सूचना आदान प्रदान गर्ने रसायन) को घट/बढ ले गर्दा मानसिक लक्षण देखा पर्दछ।

 

५. सामान्य योग/ध्यान तथा परामर्शले पक्कै पनि मानसिक रोगमा सहयोग गर्दछ तर त्यतिनै महत्व नियमित औषधि सेवनको पनि हुने गर्दछ।

 

६. धेरै कम मानसिक बिरामीहरुले मात्र जीवन भर औषधिको प्रयोग गर्नु पर्ने हुन्छ। 

 

७. सक्दो छिटो उपचार गराउँदा औषधिको मात्रा तथा सेवनको अवधि कम हुने गर्दछ।

 

८. आत्महत्याको बाटो रोज्नेहरु कमजोर वा पापी पक्कै हुँदैनन्, यस्ता व्यक्तिलाई परिवार अथवा केवल एक साथी तथा सही परामर्शको खाँचो हुन्छ।

 

९. नशालु पदार्थ(सुर्ती/चुरोट,जाँड/रक्सी,गाँजा) सेवनले केही समय तनाब मुक्त गरे पनि, दीर्घकालीन प्रयोगले झन् जटिल शारीरिक, मानसिक तथा सामाजिक समस्या उत्पन्न गर्दछ।

 

१०. एक स्वस्थ मानिस, शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ रहनु अत्यन्तै जरुरी हुन्छ।
 

Leave a comment