टाइफाइड खोपको बारेमा जानकारी   

Article   Dr. Nischal Neupane  on Mon, Jul 20 2020 09:05 PM 2975 Views 0 Comments 1 persons recommended

टाइफाइड ज्वरो नेपाली समाजमा व्याप्त स्वास्थ्य  समस्या हो।  कमजोर सार्वजनिक स्वास्थ्य र कम सामाजिक आर्थिक सूचकांक भएका राष्ट्रहरु स्वास्थ्य चुनौती को रुपमा रहेको छ यो रोग । समयमै उपचार भएन भने निकै गम्भीर रुप लिन सक्छ टाइफाइड ले। Salmonella typhi र Salmonella enterica जस्ता अत्यधिक जटिल र आक्रामक  ब्याक्टेरिया टाइफाइडको प्रमुख कारक हुन्।  

टाइफाइड ज्वरोले सबैभन्दा बढी साना नानीहरु प्रवाभित हुने गरेको पाईन्छ। ५ वर्ष मुनिका बच्चा हरु सबैभन्दा बढी प्रभावित पाइएका छ। यो रोग फोहोर पानी र फोहोर खाना द्वारा प्रसारित हुन्छ। त्यसैले सरसफाई मा बिशेष ध्यान दिनु आवस्यक छ। बिशेष गरि साना नानीहरु को सरसफाई अनि खानपान मा सजग रहनु पर्छ। साना नानी हरुको रोग संग लड्नसक्ने क्षमता कम हुने भएकोले उनीहरुमा रोगबाट हुन सक्ने जटिलताहरु बढी हुन्छ। बच्चाहरुलाई मुख बाट खान मिल्ने औषधी भन्दा इन्जेक्शन बाट औषधि दिनु पर्ने हुन्छ। धेरै ज्वरो आउनेअनि पुरै शरीर मा संक्रमण फैलिने सम्भावना बढी हुन्छ। येसले गर्दा ज्यानको जोखिम नि बढी हुन्छ र उपचार मा लाग्ने खर्च नि बढ्छ। तशर्थ हाम्रो ध्यान रोगको उपचार भन्दा रोकथामतिर लाग्नु पर्छ।   

रोकथामकोलागी सरसफाईमा ध्यान दिनु पर्छ। जथाभावी नखाने, स्वछ पानी पिउने। टोइलेट को प्रयोग पछि हात धुने।  खान खानु भन्दा पहिले राम्रो संग साबुन पनि ले हात धुने। यो संगसंगै रोग प्रतिरोध क लागि खोप को पनि बिकाश एको छ। 

विश्व स्वास्थ्य संगठनले टाइफाइड ज्वरोको निरन्तर उच्च बोझ र एन्टिबायोटिक प्रतिरोधको बढ्दो दृश्यलाई ध्यानमा राख्दै, र इजाजतप्राप्त खोपहरूको सुरक्षा, प्रभावकारिता, सम्भाव्यता र किफायतीतालाई ध्यानमा राख्दै देशहरूले स्थानीभय रोगको नियन्त्रण गर्न आफ्नो तवरमा खोपको प्रयोगको बारेमा विचार गर्नुपर्छ भन्ने सिफारिस गर्दछ।

हाल इजाजत प्राप्त २ खोप उपलब्द छन्।

१. Vi-PS(Typbar-TCV) Bharat Biotech's typhoid vaccine offers 82% protection - The Hindu

२. Vi-PS(Polysaccharide) खोप टाइफाइड खोपको समय तालिका Typbar -TCV को २ मात्रा भएकाले यसको प्रयोग सहज छ।

Typbar -TCV को ०. ५ ml = २५ mg खुराकको इन्जेक्शनको रुपमा दिने हो। Typbar -TCV को बजारमा २ किसिमको प्याकेजिंग पाईन्छ ।

क. ०. ५ मिलि को प्याकेट १ पटक प्रयोग को लागि हो।

ख . २.५ मिलि को प्याकेटले धेरै जनालाई संगै दिन सजिलो को लागि बनाइएको हो।

Typbar -TCV खोप को side effects के के हुन सक्छन ?

टाइफाइड भ्याक्सिनको सामान्य साइड इफेक्टहरू भनेको दुखाइ, इन्जेक्शनको ठाउँमा सूजन, रातो हुने र ज्वरो आउने , टाउको दुख्ने, र मांसपेशी दुख्ने हुन्। Typbar -

TCV खोप को भण्डारण कसरी गर्ने ?

+ 2 देखि + 8 ° C मा स्टोर गर्नुहोस्। प्रयोग गर्नु अघि राम्रोसँग हल्लाउनुहोस्। प्रकाशबाट बचाउनुहोस्। 
 

(यो लेख Askpeds ब्लगमा पनि प्रकाशित भएको थियो र जनचेतनाको लागि डा. निश्चलले यस साइटमा पनि अपलोड गर्नु भएको छ ! )

Leave a comment