FUE hair transplant कपाल प्रत्यारोपन सम्बन्धी केहि जानकारि  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:05 PM 2825 Views 0 Comments 1 persons recommended

FUE कपाल प्रत्यारोपण भनेको के हो ?
टाउको को पछाडिको भाग बाट कपाल को जरा निकाली टाउको को अगाडी खाली भागमा रोपिने प्रकृया लाई कपाल प्रत्यारोपण भनिन्छ । FUE भन्ने तरिका बाट गर्दा सानो ड्रील प्रयोग गरी जरा निकालिन्छ जसले गर्दा निकालेको भागमा दाग बस्दैन । Strip harvest भनिने पुरानो तरिका बाट गर्दा चाहिं लामो धर्का दाग बस्छ ।

दुखाइ कतिको हुन्छ ?
सर्जरी गर्ने भागमा नदुख्ने सुइ लगाएर गरिने हुंदा दुख्दैन । गरिसकेपछी केहि दिन नदुख्ने औषधी हरु पनि दिइन्छ जसले गर्दा दुख्न पाउंदैन ।

दिमागमा, आंखामा केहि असर गर्छ कि ?
गर्दैन । छालामा मात्र सर्जरी गरिने र छाला भन्दा मुनी जानु नपर्ने भएकोले दिमाग र आंखा मा केहि असार पर्दैन । सन्सारभर हरेक बर्ष लाखौं मानिसहरु ले गर्ने यो सर्जरी अत्यन्त सेफ हुन्छ ।

कती दिन लाग्छ ?
प्रत्यारोपण गर्न ८-१० घण्टा लाग्छ । तेही दिन घर जान सक्नुहुन्छ । तेस्पछी ३ दिन रोपेको भागलाई बिशेष ध्यान दिनुपर्ने हुन्छ र १५ दिन सम्म हेल्मेट लगाउने जिम जाने गर्न मिल्दैन । बाँकी अरु काम हरु जस्तै अफिस कलेज जाने, बहिर हींडडुल गर्ने सबै ३ दिन पछी मिल्छ ।

पर्मानेन्ट हुन्छ त ? 
पर्मानेन्ट हुन्छ । प्रत्यारोपण गरेको कपाल साधारणतया बांचुन्जेल झरेर जांदैन । पहिलेको कपाल जस्तै बढ्ने, कोर्ने, काट्ने, रङ गर्ने, जे गर्न पनि सकिन्छ ।

रोपेको कती समय पछी पुरै रिजल्ट देखिन्छ ?
रोपेको ६ देखी ९ महिनामा पहिलेकै जस्तो कपाल आइसक्छ ।

पछी सम्म औषधी हरु खाइरख्नु पर्ने हुन्छ कि ?
पर्दैन । रोपेको केहि महिना सम्म चाहिं घरमै झोल औषधी हरु लगाइन्छ राम्रो कपाल उम्रीयोस भन्नेर रोपेको १,३ र ५ महिनामा एक एक पटक PRP भन्ने सुइ लगाइन्छ । तेस्पछी चाहिं केहि लगाउनु पर्दैन । 

आफ्नै कपाल जस्तो देखिन्छ ?
रोप्ने डाक्टर ले राम्रो संग तरिका मिलाएर रोपेको खन्डमा आफ्नै नेचरल कपाल जस्तै देखिन्छ । रोप्दा कपालको बाक्लोपना, कोण र ग्राफ्टको सन्ख्या सबैमा ध्यान पुर्याउनु पर्ने हुन्छ नत्र पछी नक्कली कपाल जस्तो नराम्रो देखिन्छ । 

खर्छ कती लाग्छ ?
खर्च कती लाग्छ भन्ने कुरा चाहिं तपाइंको टाउकोको कती भाग खाली छ, कती ओटा कपाल रोप्नु पर्छ र कुन क्लिनिकमा गराउनु हुन्छ तेस्मा भर पर्छ । कसैलाई १५०० कपाल ले पुग्छ भने कसैलाई ५-७ हजार चाहिने हुन सक्छ । हामिकहाँ अन्दाजी १ लाख देखी २.५ लाख सम्म लाग्छ । एक पटक रोपेपछी पर्मानेन्ट हुने र घरी घरी उपचार गरिराख्नु नपर्ने हुनाले सस्तो भन्दा राम्रो क्वालिटी खोज्दा बेस हुन्छ ।

Phone: 014771045 or 9860777206
© Kathmandu Clinic of Cosmetic Surgery

Leave a comment