यूरिक एसिड बढ्दा के के नखाने ?   

Article   Dr. HEMRAJ KOIRALA  on Sun, Sep 15 2019 04:53 PM 4182 Views 0 Comments 5 persons recommended

डा. हेमराज कोइराला 
१.माछा—मासुः यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको 
मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र 
भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको 
मात्रा बढ्दछ ।  


२.समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका 
माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक  अम्लको मात्रा बढी 
भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।  


३.मदिरा ः– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, ≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा 
वर्जित  छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको 
यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

 
४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र 
मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि 
यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी 
लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।    


५.दाल – गेडागुडि ः– दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ  । यो 
अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।  


६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुु¨ो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा 
भन्दा धेरै प्यूरिन पाइन्छ ।  यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा 
पाइन्छ ।  


७.जंक फूड ः– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै  हुन्छ । यसका अलावा 
जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको 
विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा  खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने 
समस्या  आउछ ।  


८.अचार (पुरानो)   तामा , गुन्द्रुकसिन्की  पनि यूरीक एसिडका लागि राम्रो होइन ।   


मेडिकल डाइरेक्टर,  
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय  
भरतपुर—१, वागीश्वरी, देवघाटधाम, चितवन, नेपाल ।

Leave a comment