फिसर :  

Article   Dr. Hari Sharan Aryal (डा. हरि शरण अर्याल)   on Mon, Jul 15 2019 01:00 PM 12288 Views 0 Comments 4 persons recommended

सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यदि यो समस्या दिसागर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो (Fissure in Ano) भनिन्छ । त्यसैले दिसाागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाई नै फिसर भनिन्छ ।

लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकै पटक साह्रो दिसा गर्नाले यो रोग लाग्दछ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुनगई फिसर रोग लाग्दछ ।

यो रोग लागेपछि दिसागर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्याधिक पीडा हुन्छ । भने केहि समय पछि घाउको नजिकबाट सानो मासु पलाउने पनि पनि हुनजान्छ ।

यो रोग लाग्न नदिनको लागि नियमित रुपमा हल्का व्यायाम गर्ने, हरियो सागपात तथा पहँेला फलफूलहरु प्रसस्त मात्रमा खाने, तथा प्रसस्त मात्रमा पानी पिउने गर्नुपर्दछ । जसले गर्दा दिसा कव्जियत हुन पाउँदैन र रो रोगबाट बच्न सकिन्छ ।

यदि यो रोग लागि हालेमा नरम खालका खानेहुराहरु खाने, हरियो सागपात बढी मात्रमा खाने, पानी प्रसस्त मात्रमा पिउने साथै दिसा पातलो गर्ने खालको औषधि पनि आवश्यकता अनुसार सेवन गर्ने, घाउ छिटो निको पार्नको लागि मलहम लगाउने, तथा दुखाई भएमा दिसा गर्नु अघि वा गरिसकेपछि आवश्यकता अनुसार मनतातो पानीमा दिसागर्ने ठाउँ डुबाएर बस्ने । यदि घाउको नजिकमा मासु पलाएको छ भने त्यसलाई क्षार शूत्र विधिबाट हटाउन सकिन्छ ।

नेपालमा हालसम्म यी रोगहरू कति प्रतिशतलाई छ भन्ने आँकडा निकालिएको छैन तर काठमाडौंको नयाँ बानेश्वर स्थित नेचर केयर हस्पिटलमा हालसम्म आएका बिरामीको तथ्याङ्कलाई हेर्दा पाईल्सका बिरामी ६६ प्रतिशत ( पहिला अप्रेशन गरेका ९% तथा पहिला अप्रेशन नगरेका ९१%), फिस्टुला ११ प्रतिशत ( पहिला अप्रेशन गरेका ४२ % तथा पहिला अप्रेशन नगरेका ५८ %) तथा फिसर हुनेहरु २३ प्रतिशत छन् 

यी रोगहरू मध्ये पाईल्स रोगमा क्षार सूत्रको बारेमा अध्ययनकर्ता रमा भण्डारी अनुसन्धान अनुसार क्षार सूत्रले बाँधेका मासुका डल्लाहरू औशतमा ३ देखि ५ दिन भित्रमा झरेको छ । यस्तै क्षार सूत्रले बाँधिसकेपछि कसै कसैमा भने केहि मात्रामा समस्याहरू पनि भएको पाइन्छ । जसका मूख्य समस्या यस्ता छन् :

१. दुखाई : ७२.२२% मा

२. रगत बग्ने : ५.५% मा

३. सङ्क्रमण : ५.५% मा

४. चिलाउने : ११.११ % मा

५. पिसाव रोकिने : ५.५५% मा

क्षारसूत्र के हो ?

क्षारसूत्र : यो २ वटा शब्दहरु मिलेर बनेको छ । जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । अपमार्ग, अर्क आदिलाई जलाएर बनाएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यहि क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाईएको बिशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यहि धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाईल्स फिस्टुला बाहेक पुरानो घाउहरुमा पनि यसको प्रयोग गरिन्छ ।

 

 

 

Leave a comment