व्यक्तित्व र सयन–स्थितिहरु  

Article   Dr. HEMRAJ KOIRALA  on Wed, Sep 18 2019 12:41 PM 2497 Views 0 Comments 7 persons recommended

सुताईका ६ मुख्य फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस स्थितीहरु छन । यी सयन स्थितिको अध्ययन व्याक्तिको व्यक्तित्वको बारेमा पनि जान्न सकिन्छ । स्कटल्याण्डको ईडीनवर्गमा अवश्थित  निन्द्रा सम्बन्धि अध्ययन गर्ने संश्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी सर्भिसका”, निर्देशक प्रोफेशर क्रिस इजीकोवाक्सीले सयन स्थितिका मुख्य ६ स्थितीहरुको अध्ययन गरेर यी आसनहरु र व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लङ्गयाउने कोशिस गरेका थिए । प्रोफेशर क्रिसका अनुसार सयन सैलीका ६ मुख्य आसनहरु फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन । यी सयन आसन र  व्यक्तिको व्यक्तित्वको सम्बन्ध यस प्रकार छ ः– 


१)फिटस ः यो गर्भास्थ शिशुको जस्तो दा“या वा बा“यातिर कोल्टे परी टाऊको, हात र खुट्टा खुम्चाएर सुत्ने, सयन स्थिति हो । यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाईएको छ । यस्ता व्यक्तिहरु पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गए पछि चाढै सामान्य भई घुलमिल हुन थाल्दछन । यो आसनको सबैभन्दा सामान्य स्थिति हो । प्रा. क्रिसको अध्ययानबाट प्राप्त तथ्यांङ्क   अनुसार पुरुषहरु भन्दा महिलाहरुमा प्रचलीत को सयन स्थिति प्रयोग गर्ने हरुको हिस्सा ४१% छ। । फिटस स्थितिमा बा“या पट्टि कोल्टे परेर सुत्ने हरुमा आमाशय, कलेजो र फोक्सो जस्ता अति संवेदनशिल अंगहरुको केहि न केहि समस्या भएको पनि पाईएको छ भने दाया“ पट्टि कोल्टे परेर सुत्ने हरु तुलनात्मक रुपले स्वास्थ पाईएको छ। 


२)लग ः सर्वेक्षणमा सामेल १५% सर्वेक्षित व्यक्तिहरु दा“या अथवा बा“या तिर कोल्टे परेर हात लाई  शरिरसंग टासेर सामानन्तर राखि खुट्टा नखुम्च्याई सुत्ने गरेको पाईएको छ।  । यो सयन स्थितिमा सुत्ने मान्छेहरु सोझा–सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन्  भने नचीनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन् फलतः यिनलाई कसैले पनि ऊल्लू बनाऊन सक्छ ।यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको सयन आसन पनि भनिन्छ । ढाडलाई नमोडी सुत्नु पर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा  कम्मर तथा ढाडको समस्या कम भएको पनि पाईएको छ।  


३)यार्नर ः सर्वेक्षणमा सामेल भएकाहरु मध्ये १३% ले यो सयन विधि अपनाइएको पाइयो । यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्ववत, अगाडीपट्टि सिधै वा हल्का मोडेर सुत्ने गर्छन् । यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर  संन्दिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिई सकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाईदा वेफईदाको तराजुमा तौलिने र नया“ कुरा तुरुन्त सिक्नसक्ने क्षमताका हुन्छन् । प्रा.क्रिसका अनुसार यो सयन विधि अपनाऊनेहरुमा एसिडिटि र निद्रामा निसास्सिने समस्या धेरै पाईएको छ। 


४)सोल्जर ःसर्वेक्षणमा सामेल ८% व्यक्ति यस स्थितीमा सुत्ने पाइयो । यो स्थितीमा हात शरीरसंग अभिन्न राखी, ड्यूटि गरेको शैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन्  । यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसग“ हत्त्त–पत्त्त नखुल्ने,  सानातिना कुरामा नअल्झी आफ्नो र अरुको ऊच्च भलाई चाहने प्रवृतिका हुन्छन् । घुर्ने,  सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाऊनेहरुमा पाईएको छ। 


५)फ्रिफल ः सर्वेक्षणमा सामेल ८% व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो ।यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन् । यो सयन विधि अपनाऊनेहरु मिलनसार, बहिरमुखि, चाडै ऊत्त्तैजित भईहाल्ने, कठिन परिस्थितीमा अत्तालिने, ब्याक्त्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरैनाजुक र घुसघुसे हुन्छन् । कामुकता र चन्चलता यस आसनमा सुत्नेहरुको एऊटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो  । 


६)स्टारफीस ः सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता ५% थियो । यस स्थितीमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन् । यो स्थितीमा ढाडको बलले, ऊत्त्तानो परि, खुट्टा फट्याएर, हात तकियाको आसपास राखी स्टारफिश माछाको आकृतिमा सुत्ने गरिन्छ । यो सयन विधि अपनाऊनेहरु प्रायशः सबैको कुरा सुन्न तयार हुन्छन । यीनिहरु आकर्षणको केन्द्र बन्न चाहदैनन् ।
स्टारफिस  स्थिीतिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ्ग), दुस्वप्न देख्ने र निन्द्रामा निसास्सिने समस्याबाट ग्रसीत भइएको पाइयो । प्रा. क्रिसका अनुसार यी विभिन्न विशेष स्थितीमा सुत्नेहरु आमरुपमा अर्को सयन स्थिति परिवर्तन गरेर सुत्दैनन तर ५% ले भने आसन परिवर्तन गरी गरी सुत्ने गर्दछन ।  
 
​ 
 

Leave a comment