छोड्ने- नै- हो- त- रक्सी- (Alcohol)-?  

Article   Dr. Subodh Dahal  on Wed, Jul 24 2019 01:10 PM 4661 Views 0 Comments 12 persons recommended

सोमरस को बारेमा मलाई भन्दा बढी जानकारी तपाईँलाई छ; किनकी यसको बयान र प्रयोग आदिमकाल देखीकै हो। अहीले हामी भक्तजन चाहीँ बिभीन्न Branded नामहरू मा रमाईरहेका छौं; Whisky,Brandy,Rum,Vodka, रक्सी, छ्यांग् ईत्यादि। स्वाद र नशाको अदभुत तालमेल हुने यी जीनिस् ले अनेक कमाल देखाउँछन्। साथी भेटाउने, थकान मेटाउने, पीर भुलाउने देखी निन्द्रा मा झुलाउने। यसले Reality बाट टाढाको एउटा ठाऊँमा केही समय चराएर फेरी उही दलदल मा ल्याएर छोडीदिन्छ। सुख भोगी मानिष त्यही आनन्दीत ठाऊँमा रमाउन चाहन्छ तेसैले यो Cycle छिटो दोहोरिन्छ। बिचरा मनुष्य थाहा नपाई यस्को कुलतमा फस्छ।

At Risk Drinking 

कस्तो बेला चाहीँ अब पुग्यो बन्द या कम गर्ने बिभिन्न Factors मा भर पर्छ। एउटा सजीलो Tool जानी राखौं, काम लाग्ने छ। CAGE +2 Questionnaire.

C: Cut Down- कहिले कुनै कारणबश कम गर्नुपर्ने या छोड्न मन लागेको?

A: Annoyed- आफ्नो पिउने बानीबारे कुरा सुन्दा रिस, झर्को या नराम्रो लागेको?

G: Guilty- आफ्नो पिउने बानीबारे पश्चाताप हुने गरेको?

E: Eye Openers- बिहान सवेरैबाट पीउने गरेको? 

माथीका २ वा सो भन्दा बढी आँफुसँग मिलेमा पिउने बानीको बारेमा बेलैमा पुनर्बिचार गरेको राम्रो।

Alcohol Withdrawal State:

रक्सि छोडेको केही समयपछि नै तपाईँले यी लक्षणहरू महसुस गर्नुहुने छ। उमेर,लिंग,रक्सिको मात्रा, कडापन, समय जस्ता अनेक कारणले लक्षण फरक पार्दछन। 

पहिलो ६ घण्टा:  Tremors(हात कॉप्ने), Anxiety/Diaphoresis(छटपटि/पसीना), Palpitation(ढुकढुकी), Anorexia(खानपानमा गढबडि), Insomnia( अनिन्द्रा)

६-१२ घण्टा:  Seizure (छारे), प्राय एकचोटी मात्र , छोटो समयको लागि (Few Seconds), यो उपचार चाहीने अवश्था हो। तीन जना मा एक  अती जोखीमको अवश्था(DT)मा जान सक्छ।

१२-४८ धण्टा:  Hallucinations (भ्रम), नभएको कुरा देख्ने सुन्ने, शरीरमा किरा हिंडेको महसुस हुने, शंका, डर र अनौठो व्यबहार देखाउन थाल्ने।

४८-९६ घण्टा:  DT (Delirium Tremens) यो अती (Serious)जोखीमको अवश्था हो। यसमा  उपचार गर्दागर्दै पनि ५% को म्रीत्यु हुनसक्छ। बिरामीलाई ICU मा राखी उपचार गर्नुपर्ने हुनसक्छ। 

लक्षणहरू: Disorientation(बेशुरो हुने), Agitation(छटपटि), Hallucinations( भ्रम), Palpitation/Diaphoresis(मुटूको गती बढ्ने/पसीना आउने), Increased BloodPressure/ Temperature( बी पि र शरीरको ताप बढ्ने)

DT Risk: पहिलेपनि DT भै सकेका, उमेर >३० बर्ष, दिर्घकालीन रोग भएका, लामो समय/धेरै पिउनेहरू।

अन्त्यमा, Alcohol ले शारीरिक, मानसिक, पारिवारीक, आर्थिक, सामाजिक र कानुनी रूपमा सुसुप्त रूपमा असर गरी रहेको हुन्छ। अन्य ड्रग्स भन्दा यसको Withdrawal प्राणघातक हुन्छ।तशर्थ Alcohol कम गर्न या छोड्न लाग्दै हुनुहुन्छ भने एक पटक Psychiatrist (मनोचिकीत्सक) लाई भेटेर परामर्श लिनुहोला।

 

 

Leave a comment