हार्ट एट्याकका कारणहरु :  

Article   Dr. HEMRAJ KOIRALA  on Sun, Sep 15 2019 04:28 PM 3426 Views 0 Comments 6 persons recommended

डा. हेमराज कोइराला 

अप्रत्यासित रुपमा अपर्झट हुने, तत्काल आपतकालिन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरि बाच्न नसकिने वा जीवन भर परावलम्बि र पराश्रीत भएर बाच्नु पर्ने पनि हुन सक्ने तर जोखिम र कारकहरु लाई निदान गरि हटाउन सके रोगलाई उल्ट्याउन पनि सकिने यो रोगकै कारणलेप्रत्येक वर्ष संसारभर १  करोड७५ लाखमानिसहरु  मरिन्छन् । मर्नेहरु मध्ये ७४ लाख मानिसहरु केवल हार्ट एट्याक (हृदयघात) र ६७ लाख मानिसहरु ब्रेन एट्याक (मस्तिष्कघात) का कारणले मरिन्छन् । सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारिको रुपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरुको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सि र सघन उपचार कक्ष९क्ष्ऋग्० प्रवेशको मुख्य कारण पनि हो । यसरी धेरै मानिसहरु मरेर सन्सारक्रै सर्वश्रेष्ठ हत्यारा  कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपुर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशिहरु अक्सिजन र पोषण तत्वहरुको अभावमा मर्न गई देखा परेको आपतकालिन समस्या हो । 


    यो रोग अकस्मात घटित भएतापनि यसको पछाडि  धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी सागु¥याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्ष देखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर सयौ कारणहरु जिम्मेवारी छन् । यो धेरै कारणहरुले हुने भएको हुँदा एसलाई बहुकारणीक रोग ९ःगतिष् ँबअतयचष्ब ि म्ष्कभबकभ० पनि भनिन्छ । १९८१ मा सर विलियमसले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शारीर तथा जैविकतासंग, ४४ वटा रगत र रगतको रोगसँग,  ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरिर रचनासँग १६ वटा बंशानुगत, हुन भने ५ वातावरण र ६ दवाई तथा औषधोउपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरि २ समुहमा विभाजन गरिएको छ । ४५ वर्ष पछिको उमेर, पुरुष लैङ्गिकता र हृदय रोगको पारिवारीक इतिहास जस्ता कारणहरु उल्त्याउन नसकिने कारणहरु हुन् । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आपना अडान र निर्णयहरु प्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनाव जस्ता  कारणहरु पर्दछन् । यसका अलावा विशेष रोगवस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् । 


यी जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैलि परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले कम गरेका छन भने फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्वहरु संग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदाएले  भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् । 
उल्ट्याउन नसकिने कारणहरुः


मुटु रोगका यस्ता कारणहरु पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिदैन । तर यस्ता कारणहरुलको जोखिम भएका व्यक्तिहरुले बेलैमा सचेत हुनु पर्ने हुन्छ रोगलाई धेरै विगार गर्ने अवस्थासम्म पुग्न दिनु हुदैन । ती कारणहरु हुन्ः


१) उमेरः सामान्यतया हृदयघात हुने खतरा ४० वर्ष उमेर पारगरेकाहरुलाई हुन्छ् । तर आजकल २५ वर्ष उमेरमा हृदयघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरुमा स“ागु¥याउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ । यदि   ४० वर्ष भन्दा पारीको उमेर संगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक्याक चा“डै हुन सक्छ । 


२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बसायका अपरेसन गराएका गर्भ निरोधक चक्कि खाने र धेरै चोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ । यसका अलावा महिलाहरुमा कम तनाव, वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर  नै हृदयघातको जोखिम रहन्छ । 


३) पारिवारिक इतिहासः हृदयघात अनुवंशिक रोग पनि हो । जुन आमा—बुवाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउछ फलतः ह्दय रुग्ण भई ह्दयघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नु पर्ने हुन्छ । 
उल्ट्याउन सकिने कारणहरुः


जीवनशैली परिर्वतन वा औषधिसेवन गरेर न्यूनिकरण गर्न वा हटाउन सकिन कारणहरुलाई  उल्ट्याउन सकिने  कारण भनिन्छ । 


१) उच्च रक्त संयुक्त कोलेस्टेरोलः
कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको उपयोग शरीरको कोषहरुको भित्ता, नशाहरुलाई  ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोईड हरमोनहरु र मस्तिष्कका कोषहरु बनाउन गर्ने गर्छ तसर्ग यो शरिरलाई चाहिने तत्व हो । तर यो तत्वको रक्त मात्र सामान्य (२०० mनरम)ि भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, अाँखा, गोडाका धमनीहरुमा जम्नगई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउदछ । माछा, मासु, अण्डा, दुध, दहि, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाईन्छ, वनस्पति जन्य चिल्लोमा पाईदैन  । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनु पर्ने हुन्छ । कलेजोमा बनेको  कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केहि ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोल संग जोडीए पछी यसलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिन युक्त वा स्वतन्त्र कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्तनलीका भिताहरूमा टासिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिस्कघात गराऊदछ   


२) उच्च रक्त एलडीएल कोलेस्टेरोलः
इसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटीनले कोलेस्ट्रोललाई कलेजो बाट अन्य तन्तुहरु सम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरुसंग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषक्त तत्वमा परिवर्तित हुनपुगी   रक्तनलिहरुमा सुक्ष्म घाउहरु बनाउदछ । यो घाउ भए पश्चात उक्तठाऊ प्रदाहतमक क्रिया सुरु हन्छ र घाऊ भएको स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नशा सागु¥याएर उक्त अंगहरुको रक्त संचारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउछ र उक्त नलीहरुलाई टाइट राखि रशन्छ ।


३) उच्च भि एलडीएल कोलेस्ट्रोल ः यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउदछ ।


४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सुर्यमुखी, भटमास जस्ता वनस्पतिय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराईडहरु हुन । पाचन पश्चात ट्राइग्लिसिराईड प्mयाटीे एसीड र ग्लिसरालमा परिवर्तीत हुन्छन् । यी प्mयाटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स प्mयाटी एसीडका रुपमा शरीरमा अवशोशीत हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड प्mयाटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स प्mयाटीे एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (डाल्डा ) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड प्mयाट हुन् । तेललाई धेरै तताऊँदा वा अन्य तत्व संग मिसाऊँदा, उमाल्दा वा ब्याक्टेरीयल फरमन्टेसन भएर तेल टुटी ट्रान्स–प्mयाटी–एसीड बन्दछ । स्याचुरेटेड र ट्रान्स प्mयाटी एसीडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल  कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।


५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः    यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ  । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्दछ ।
६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः    यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।


७) उच्च रक्तचापः    १५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ ।  यो रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवाव हो । यसरी लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन पुग्दछ फलतः उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्र’त गतिमा हुन पुग्छ र हृदयरोग लाग्दछ ।


 ८)    मधुमेहः     रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मि. ग्रा. प्रति १०० मिलि लिटर र खाना खाएकाृ दुई घण्टा पश्चात १४० मि. ग्रा. प्रति १०० मिलि लिटर भन्दा ज्यादा भएको अवश्थालाई मधुमेह भनिन्छ । मधुमेह हुदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हु“दा नसालाई  क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हु“दा रक्तनलीहरुमा चाडै बोसो जमी हृदयरोग लाग्दछ ।


९)    मोटोपनः    भोजनमै भएको वा शरीरमा आफै बनेको  चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकि बोसे तन्तुमा जमेर बडीमास सुचांक,  ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका ब्यक्तिहरुलाई धेरै किसिमका रोगहरु लाग्ने खतारा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । यसकासाथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरुर्ला बढी जन्माउदछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।


१०) निश्क्रीय जिवन ः मुटुरोगले श्रम र ब्यायाम नगरि निश्क्रीय जिवन जिउनेहरुलाई ज्यादा मन पराउदछ । निश्क्रिय जिवन जिउदा मुटु तथा रक्तनलीलाई ब्यायाम हुन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ । 


११) धुम्रपान तथा सुर्ती  सेवन ः धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरुले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गरि झन बिषाक्त बनाउन मद्यत गर्दछ जसले धमिनिहरुलाई क्षतीग्रष्त पार्दछ । बिषाक्त कोलेष्ट्रोल झन  चिपचिपे भई नशाहरुमा प्लाक बनाउन मद्दत गर्दछ । धुम्रपानले पु¥याऊने  क्षती ब्यक्तिले लिएको चुरोटको संख्यासंग सिधै निर्भर रहन्छ ।  जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक हुन ।


१२.मानसिक तनावः वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउ’छ । यसरी सबै कुरा बढ्दै जादां हृदयरोग लाग्छ ।


१३.  चोकर र रेसाको कमीः  रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । मसिनो मिठो खानाले तौल पनि चाडौ बढाउछ । फलतः मुटु रोग लाग्दछ ।


१४.भिटामिन र एण्टीअक्सीडेण्टको कमीः भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाऊछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाऊदछ ।  


१५. टायप “ए” ब्यक्तित्व 
मुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै पनपराऊछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहन,े इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृतिका  हुन्छन् । यसको अलावा यी व्यक्तिहरु सधै हतारमा रहने, समयको अक्षरसः पालना गनर्,े पुर्वाग्ग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपधिर्, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउछ । फलतः मुटु चाडै रोगी हुन्छ ।


१६. मदिरापान ःमदिरापान र मुटुको स्वास्थलाई लिएर ठुलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ  किनकी रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन  । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रमा रक्सी पिउनु ब्यक्ति हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउदैनन् । फेरी रक्सीले कलेजो आन्द्रा भुंडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पु¥याउने हुदा त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।   
 

Leave a comment