डिप्रेसन भनेको के हो र के हैन?  

Article   Dr. Devesh(देवेश) Pradhan  on Tue, Aug 18 2020 10:52 PM 4490 Views 0 Comments 5 persons recommended

यो लेखमा Depression को बारेमा केहि जानकारी दिन चाहान्छु !

  • हामी सबै मानिस कुनै न कुनै समय निरास हुने गर्छौ हैन र? 
  • के साच्चै केही समय अथवा केही दिनको नैराश्यता लाई डिप्रेसन भनी हाल्नु मिल्छ त?
  • आफ्नो सपना अनि ईच्छाहरु पूर्ण नहुँदा, आफन्तजन सँग बिछोड हुँदा, आर्थिक समस्या हुँदा, स्वास्थ्य मा समस्या हुँदा निरास हुनु स्वाभाविक हैन र?
  • हो केही समय केही दिन निरास हुनु स्वाभाविक हो तर यहि नैराश्यता व्यापक तथा निरन्तर (दुई हप्ता वा सो भन्दा बढी समय) हुन गएमा डिप्रेसन भन्न सकिन्छ।

के के हुन त डिप्रेसन का मुख्य लक्षण हरु?

  1. मनोदशामा व्यापक तथा निरन्तर रूपमा नैराश्यता।
  2. पहिले रुचि तथा इच्छा लाग्ने कार्यहरूमा मन न लाग्नु।  (#याद राखौ प्रत्येक व्यक्तिको भिन्न भिन्नै रुचि अनि इच्छा हुन सक्छ)
  3. शरीरमा ऊर्जा कमी हुन गई पहिले भन्दा छिटै थकान महसुस हुनु अनि दैनिक गतिबिधि मा कमी आउनु।

यस का साथ साथै निम्नलिखित सात लक्षण हरु पनि डिप्रेसन का लक्षण हरु हुन।

 १. एकाग्रता तथा ध्यानमा कमी आउनु।
२. आत्मबल तथा आत्मविश्वासमा कमी आउनु।
३. आफू स्वयंलाई दोषी अनि अयोग्य सोच्नु।
४. भविष्य बारे बेरंग तथा निराशावादी सोचाइ आउनु।
५. आफूले आफै लाई हानि गर्ने/आत्महत्या गर्ने सोचाइ आउनु अथवा प्रयास गर्नु।
६. निन्द्रा मा गड्बडी हुनु।                                                                                                     
७.खान–पान मा रुचि न हुनु।

के डिप्रेसन भनेको पागलपन हो त?

  • पक्कै होइन, डिप्रेसन पागलपन हुँदै होइन।
  • हो केही (लगभग १५%)डिप्रेसनका बिरामी हरुले समयमै उपचार न पाउँदा गम्भीर रूप लिन सक्छ। (भ्रम अनि मतिभ्रम का लक्षण देखिन सक्छ)
  • समयमै उपचार अनि सही परामर्श लिने हो भने अरू बीमारी जस्तै डिप्रेसन पनि पूर्णरूपमा निर्मूल हुन्छ।
  • बेक्कमापन, असहायता अनि नैराश्यता का भावना ले डिप्रेसन का बिरामी लाई घेरि रहेको हुन्छ।
  • तसर्थ लाज न मानी, हिम्मत का साथ अगाडी आउनुहोस।

Remember, First step to solve a problem is to tell someone about it! Always seek for help!!

Leave a comment