Tattoo Removal Processes - ट्याटु हटाउने उपचार को बारेमा केहि जानकारि:  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:12 PM 3743 Views 0 Comments No recommendations yet !!!

Tattoo Removal Processes - ट्याटु हटाउने उपचार को बारेमा केहि जानकारि:

ट्याटु सानो छ भने एकै चोटी सर्जरी गरेर हटाउन सकिन्छ अथवा अलि ठुलो छ भने दुइ या तीन चोटी सर्जरी Serial excicion गरेर हटाउन सकिन्छ । सबै ट्याटु अपरेशन बाट हटाउन सकिंदैन । ट्याटु को आकार र शरिरको कुन भागमा छ त्यो अनुसार मात्र अपरेशन गर्न मिल्छ कि मिल्दैन निर्धारण गर्न सकिन्छ ।

अपरेशन गर्न नमिल्ने ट्याटु को लागि चहिं लेजर प्रबिधी बाट हटाउन सकिन्छ । यसको लागी q-switched ND:YAG laser भनिने बिशेष प्रकारको लेजर प्रयोग हुन्छ । यो उपचार गर्दा थाहा पाउनु पर्ने कुराहरु:

१ प्रत्यक ६ हप्ता को अन्तरमा ६ देखी १० पटक लेजर गर्नुपर्छ । हरेक चोटी गर्दा ट्याटु अलिकती धमिलो हुंदै जान्छ ।
२ कालो र निलो रङ्गको ट्याटु लेजर बाट हटाउन सजिलो हुन्छ भने रातो र हरियो रङ को ट्याटु पुरै नजान सक्छ ।
३ Professional ट्याटु आर्टिस्ट ले बनाएको ट्याटु हटाउन अलि बढी समय लाग्दछ भने घरमा आफै बनाएको ट्याटु र शिकारु ले बनाएको ट्याटु हटाउन कम समय लाग्दछ । यसको कारण चाहिं professional ट्याटु हरु छालाको गहिरो सतहमा हुन्छ साथै प्रयोग गरिएको मसिमा बिभिन्न प्रकारका केमिकल र धातु हरु प्रयोग गरिएको हुन्छ ।
४ प्रत्यक उपचार पछी लेजर गरिएको छाला लाई बिशेष हेरचाह गर्नु पर्दछ । इन्फेक्सन हुनु बाट जोगाइ राख्न एक्टिबायोटिक कृम हरु को प्रयोग गर्नु पर्दछ साथै कन्याउने र पाप्रा उक्याउने गर्न हुंदैन ।

बिस्तृत जानकारि: Call 9861439434 or 9823477929 (Kathmandu Clinic of Cosmetic Surgery) for details.
©Prepared By Dr. Suyog Mainali for public awareness

Leave a comment