Talk to us: +977 1 4102891

आज फेबुअरी ११ को दिन हरेक वर्ष विश्व छारे रोग दिवस मानाइन्छ । यो दिन विश्वभरि छारे रोगको जनचेतनाको लागि विभिन्न कार्यकमहरु हुन्छन । यसै दिन परेर मैले छारे  रोग को बारे मा छोटो जानकारी दिन खोजेको छु ।   

के हो छारे  रोग?

छारे रोग आर्थात एपिलेप्सी (Epilepsy) लाई नेपालीमा धेरै नामले चिनिन्छ । तराईतिर मिर्गी वा झट्टका र पहाडतिर चरिफाँई वा छोप्ने व्यथा भन्ने गरिन्छ । छारे रोग मस्तिक सम्बन्धि नसर्ने एक प्रकारको दिर्घकालिन स्वास्थ्य समस्या हो जस्मा व्यक्तिलाई पटक-पटक स्पस्ट कारण बिना कम्पन वा झट्टका आइरहन्छ । छारे रोगबारे हाम्रो समाजमा भूतप्रेतका कारणले लाग्ने रोग, कहिले निको नहुने रोग, सरुवा रोग भन्ने जस्ता थुप्रै यस्तै भ्रम छ। तर चिकित्सा विज्ञानका अनुसार यो रोग कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ । विश्व स्वस्थ संगठनका आनुसार विश्व मा १००० जाना मध्ये ४ देखि १० जनालाई छारे  रोग हुन्छ जवकी हाम्रो जस्तो मुलुक मा १००० जना मध्ये ४ देखि १५  जनालाई यो रोग देखिन्छ ।  नेपालमा एक प्रतिशतभन्दा बढी जनसंख्या छारे रोगले पीडित छन्

 छारे  रोग का कारणहरु

छारे रोग थुप्रै कारणहरु ले हुन सक्छ ।  बच्चा जन्मदा टाउकोमा चोट लागेमा, मस्तिकमा इन्फेच्शन (Infection) भएमा, टाउकोको चोट (head injury), मस्तिक मा रक्तश्राव भएमा (cerebral stroke), ‍‌नाम्ले जुकाको अन्डाको संक्रमणले  (Neurocysticerosis), अत्तायाधिक मदिरा सेवन गरेमा ( Alcohol withdrawl), बंसागुणत (Genetic) प्रमुख कारण हरु हुन ।

छारे  रोगका लक्षणहरु

मुर्छा पर्ने, हात खुट्टा काप्ने, शरीर लल्याकलुलुक हुने, आँखा पल्टाउने, फिंज काढ्ने, जिब्रो टोक्ने, बेहोस हुने, लुगामा दिसा पिसाब हुने, आचानक लड्ने लक्षणहरु छारे रोगको हुन  सक्छन । यी मध्ये कुनै लक्षणहरु देखिएमा एकचोटी विशेशज्ञ चिकिस्तकको सल्लाह लिदा उप्युप्क्त हुन्छ

छारे रोगका कारणले व्यक्तिलाई के कस्तो प्रवाभ पार्दछ ?

 छारे  रोगले व्यक्तिका जिवनमा विभिन्न परिणमहरु ल्याउन सक्छ । शारीरीक, सामाजीक, आर्थिक तथा व्यवहार र भारहरु पर्न सक्छ । छारे रोग लागेका मानिस जुन सुकै ठाउँमा पनि बेहोस हुन सक्छन् । घाँस दाउरा गर्दा, खाना पकाउदै गर्दा, बस वा गाडी चढ्दा, खेती पाती गर्दा, गाईगोठ गर्दा वा राति निदाएको वेला पनि हुन सक्छ । यस्तो रोगले छोपेको वेला एक्लै वा अन्य व्यक्ति भएको वेला पनि हुनसक्छ । बेहोस हुदाँ व्यक्ति सचेत हुंदैनन् । शरीर कम्पित वा कम्पन हुने, बेहोश हुने, जीउ तथा हातखुट्टा अरह्रो हुने, मुखबाट फ्रिज आउने, बेहोस हुदा व्यक्ति एक्कासी लड्ने हुन सक्छ ।

त्यसले व्यक्तिको शरीरमा घाउ चोट लाग्न सक्ने हुन सक्छ । बेहोस भएका वेला व्यक्तिले दिशा, पिसाब छोड्न सक्छन् । केहि पल देखि केहि मिनेटसम्म बेहोस हुने हुन सक्दछ । त्यस पछि व्यक्तिमा कम्पन पश्चात्ः थकित हुने, शरीरमा बल र शक्ति नहुने, अनौठो  व्यवहार देखाउने, टाउको दुख्ने, मांशपेसी दुख्ने वा कम्जोरीपन हुन्छ । कतिपय अवश्थामा उनिहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुनुपर्ने, कहिलेकाहिं छारेरोग अनियन्त्रित भइ ठुलै मानसिक समस्या पनि आइपर्ने अवश्था पनि आउन सक्छ ।

रोग ले छोप्दा के गर्ने ?

छोपे को बेला बिरामी लाई चोट पटक लग्न बाट बचाउने तिर लग्नु पर्छ । रोगी बेहोस या कामीरहेका छन् भने उसलाई सफा नरम ठाउँमा कोल्टो फेरेर सुताउनुपर्छ । टाउको तल कपडा वा तकिया हाल्नुपर्छ । पोसाकलाई खुकुलो पर्नुपर्छ । मुखमा जम्मा भएको र्‍याल, थुक, फिजलाई सफा रूमालले पुछ्नुपर्छ । छोप्ने बेलामा बिरामी डर लाग्दो  देखिए पनि खतरनाक भने हुन्नन् । बिरामीको मुख मा औला हाल्ने, मोजा सुघाउने जस्ता कार्य नगर्ने ।

 

 

छारे रोगबाट कसरी बच्ने
उमालेको वा निर्मलीकरण गरेको सुद्ध पानी मात्र पिउने,   टाउकोमा चोटपटक लाग्न नदिने, काँचो साग, सलाद, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने, टाउकोमा चोटपटक लाग्न नदिने, ज्वरो आउँदा समयमै उपचार गर्ने , अनिँदो नबस्ने, ज्यादा तनाव नलिने  गरेमा छारे रोगबाट धेरैजसो बच्न सकिन्छ । तर कहिले कहिँ यी सब गर्दा पनि छरे रोग हुन सक्छ ।

खाने कुरा के नखाने?

खाने कुरा मा बंगूर या सुंगूर को मासु बाट ‍‌नाम्ले जुकाको अन्डा सर्ने हुनाले सके सम्म यसको प्रयोग नगर्ने र गरे पनि पानी मा उमालेर पकाएर मात्र खाने। समाजमा कुखुरा वा खसी को मासु पनि बार्नु पर्ने भन्ने धारणा भएपनि अरु प्रकारका मासुहरु बाट यो रोग हुन सकने आहिले सम्म देखिए को छैन। मदिरा वा अरू नसालु पदार्थ सेवन पनि न गर्ने। आफुलाई कुनै खानेकुरा ले छारे वा छोप्ने हुन्छ जस्तो लाग्छ भने त्यो खानेकुरा बार्न वा नखान सकिन्छ

छारे रोगीले गर्न नहुने
छारे रोगीले गाडी चलाउनु हुन्न र ठूलो मेसिनमा काम गर्नु हुन्न ।  छारे रोगीले किचन र कुकको कामसमेत न गर्दा राम्रो हुन्छ किनकि यसले काम गरि राखेको बेला झट्टका आएर वा छोप्ने भएर दुर्घटना हुने जोखिम बढ्छ । येस्तो दुर्घटनाले बिरामी स्वयम् र अरु लाई पनि हानी नोक्सानी हुन सक्छ ।

उपचार पद्धती

छारे  रोगको लक्षण देखिएमा सके सम्म तुरुन्त अस्पताल लैजानु पर्छ। डाक्टर को सल्लाह आनुसार टाउको को सी. टि. स्कयान ( CT Head), ई. ई. जी. (EEG) लागायत रगतका जाँचहरु गन्रु पर्ने हुन सक्छ । माथि उल्लेखित केहि  कारणहरु देखिएमा तेस्को उपचार गर्नु पर्ने हुन्छ जसको लागि बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने पनि हुन सक्छ। जस्तै टाउको को चोट लागेर छारे भाको हो भने तेस्को उपचार पनि गर्नु पर्छ । छारे रोग रोक्नको लागि चिकिस्तकको सल्लाहमा Antiepileptic औसधी सुरु गर्नु पर्छ जसलेले छारे रोग लाई रोक्ने काम गर्छ। यी औसधीहरु थुप्रै प्रकारका हुन्छन र आन्तिम पटक झट्टका आएको दुई वर्षवा बढी खानु पर्ने हुन सक्छ । कुन औसधी कति मात्रमा खाने तेस्को सल्लाह विशेशज्ञ चिकिस्तकसित लिएर औसधी नबिराई खानु पर्दछ ।

अन्त्य मा

छारे  रोग नियमित औसधी सेवन गरेमा निको हुने रोग हो। यो रोगको बारेमा गलत धारणा हटाई चिकिस्तकको सल्लाह आनुसार उपचार गर्नुनै उत्तम उपाय हो।

 

 

Leave a Comment