Talk to us: +977 1 4102891

 

औषधि तथा निकोटिन चुइङ्गमको सेवन पछि पनि चुरोट/सुर्तीको लत छुटाउन सक्नु भएको छैन ?

 

औषधिको साथ-साथै यी पाँच 'D' को पनि सहयोग लिने हो कि?

 

१. Distract (ध्यान विचलित गर्ने)

  • कुनै गाना सुन्न सक्नु हुन्छ।
  • मन तातो पानीले नुहाउन सक्नु हुन्छ।
  • सामान्य व्यायाम गर्न सक्नु हुन्छ।

 

२. Deep Breathing (गहिरो सास फेर्ने)

  • केही समय नाकले लामो-गहिरो सास लिने अनि मुखबाट सास छोड्ने।

 

३. Drinking (पिउने)

  • जति सक्नु हुन्छ पानी/जुस पिउने।

 

४. Discussion (छलफल गर्ने)

  • परिवारका सदस्य/साथीभाईसँग कुराकानी गर्ने।
  • नजिक कोही नभए फोन मार्फत कुरा गर्ने।

 

५. Delay (ढिला गर्ने)

  • मुख्यतः बुझ्न पर्ने कुरा, चुरोट/सुर्ती को तृष्णा/इच्छा समुन्द्रको लहर जस्तै आउने जाने गर्दछ।
  • एउटा लहर लगभग १५ मिनेटमा शान्त हुने गर्दछ।
  • तसर्थ हरेक लहरको क्रममा उपरोक्त पाँच 'D' प्रयोग गर्दै जाँदा समय अनि दिनसँगै तृष्णा/इच्छा समाप्त हुन्छ।

 

*औषधि तथा थप जानकारीको लागि Psychiatry Doctor को परामर्श लिन सकिन्छ।
 

Leave a Comment

X