Corona Virus Latest Update (View All)

Confirmed

12,847,288

Recovered

7,483,246

Deaths

567,734

Talk to us: +977 1 4102891

Dr. Anoop Krishna Gupta

[email protected]

 

कोरोना भाइरसको प्रकोप बढे लगत्तै आतीने रोग/पैनिक(panic), डर(phobia) र डिप्रेशन(depression) जस्ता मानसिक रोगहरुमा बृद्धि भएको देखिन्छ। यो रोगको बारेमा केही जानकारी साझा गर्न चाहन्छु।

 

पेनिक अटेक (Panic attack):

अचानक हुने अत्याधिक डरको रोग हो। यो डरले गम्भीर शारीरिक प्रतिक्रियालाई ट्रिगर गर्दछ।वास्तवमा बाहिरी खतरा वा स्पष्ट कारण हुँदैन। पेनिक अटेक रोगीको लागि धेरै डरलाग्दो हुनसक्छ। जब पेनिक अटेक आउँछ, रोगीले आफ्नो नियन्त्रणलाई गुमाउनुसक्छ, हार्टअट्याक भएको वा मर्छु कि भन्ने सोच आउन सक्छ। धेरै व्यक्तिहरूको जीवनकालमा एक वा दुईपटक मात्रै पेनिक अटेक हुन्छ। अनि जब तनावपूर्ण स्थिति अन्त्य हुन्छ, समस्या पनि हट्छ। तर यदि बारम्बार, अप्रत्याशित पेनिक अटेकहरू अनुभव हुन्छ र अटेक नआएको बेला पनि लगातार डर र असामंजस्य भएको छ भनेपेनीक डिसअर्डर भनिने अवस्था हुनसक्छ।यद्यपि पेनिक अटेकले जीवन जोखिमपूर्ण हुँदैन, डर र त्रासले जीवनको गुणस्तरमा उल्लेखनीय रूपमा प्रभाव पार्न सक्छन्। यसको उपचार धेरै प्रभावकारी हुन्छ

पेनिक अटेकहरू सामान्यतया चेतावनी बिनानै अचानक सुरु हुन्छ। तिनीहरू कुनैपनि समयमा आतंकित गर्नसक्दछन्-आरामले टी.भी. हेरीरहेको बेला, घरमा, कीचेनमा, बाथरूममा, निदाइरहेको बेला वाव्यापा र मीटिंगको मध्यमा।

पेनिक अटेकमा धेरै भिन्नताहरू हुन्छन्, तर लक्षणहरू प्राय: मिनेटभित्रनै सीधीन्छ। त्यसपछि तपाईंलाई थकान महसुस हुनसक्छ।

पेनिक अटेकमा हुने लक्षणहरू तल दिइएका छन्।

  • कुनै ठूलो खतराको अनुभूति (impending doom)
  • नियन्त्रण गुमाउने वा मृत्युको डर (fear of dying)
  • तीव्र मुटुको चाल (palpitation)
  • खल-खल पसिना आउनु(excessive sweating)
  • काम्दै वा हल्लाउँदै (trembling/shaking)
  • सास फेर्न वा घाँटीमा जकडापन (breathlessness or feeling of throat obstruction)
  • चिसो तातोको अनुभूति(hot cold flushes)
  • बांता(nausea or vomiting)
  • छातीको दुखाइ (chest pain)
  • टाउको दुखाई (headache)
  • चक्कर आउने (dizziness)
  • टाउको हलुका वा भारी हुने(lightheadedness or head heaviness)
  • बेहोसी(unconsciousness)
  • स्तब्ध वा चकित हुनु(confused or dazed)
  • स्वयं वावातावरण छुट्टिको अनुभव गर्नु (depersonalization/derealization)

 

एगोराफोबिया (Agoraphobia)

एक प्रकारको मानसिक रोग हो। यो रोगमा नयाँ ठाउँ वा परिस्थितिहरूबाट डर लाग्छ।त्यस्तो परिस्थितिहरूबाट रोगी टाढा बस्न चाहन्छ। अरूलाई सुगम लाग्ने परिस्थिति वा कामरोगीलाई दुर्गम र असहनीय लाग्न सक्छ।त्यस्तो बेला असहाय, अप्ठ्यारो वा अरुको सामु लज्जित महसुस गर्न सक्छ।

त्यस्तो डर वास्तविक वा प्रत्याशित अवस्थादेखि हुन्छ, जस्तै सार्वजनिक यातायातको प्रयोग गर्दा, खुला वा बन्दस्थानहरूमा जाँदाघरबाट एक्लै टाढा जानुपरेमालाइनमा ऊभ्दा वा भीडमा हुँदा। त्यस्तो ठाउँबाट निस्किन गार्हो होला भन्ने लाग्नसक्छ र डर/त्रासको पैनिक अटैक (panicattack) आउँन सक्छ।

त्यस्तो परिस्थितिबाट उम्कने कुनै सजिलो उपाय नदेख्दा वा वरीपरीबाट सहयोग प्राप्त नहोला भन्ने चिंता लाग्छ। एगोराफोबिया लागेका धेरै व्यक्तिहरु एक वा अधिक अटैकपछि अर्को अटैक हुने चिन्ता हुन्छ।लामो समयसम्म यस्तो समस्या भएपछि घरबाट निस्किन गार्हो हुन सक्छ।

एगोराफोबिया भएका मानिसहरू लाई प्राय: कुनै पनि सार्वजनिक ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुन्छ, विशेषगरी जहाँ भीड जम्मा हुन्छ। उसलाई एक साथी चाहिएको छ भन्ने लाग्न सक्छ।

एगोराफोबिया उपचार चुनौतीपूर्ण हुनसक्छ किनभने तपाईको डरसँग सामना गर्नुपर्दछ। तर मनोचिकित्सा र औषधीको साथ, तपाईं एगोराफोबियाको पासोबाट बच्न र अधिक रमाइलो जीवन बिताउन सक्नुहुन्छ।

यसबाहेक पुराना मानसिक रोगीहरुका उदासीनता रोग पनि बलजेको देखिन्छ। यो रोगमा मन उदास रहने, केही काममा मन नलाग्ने, एकहोरो भई शरीरमा ऊर्जाको कमी महसूस हुन्छ। यसबाहेक भोंक र निन्द्रकों कमी हुन्छ।यो संगसंगै आफू, अरु र भविष्यप्रति नकारात्मक बिचार आउनसक्छ। यसलाई डिप्रेशन भनिन्छ।यसको उपचार संभव छ।

कोरोना भाइरसको डर पनि एक किसिमको फोबिआ(phobia) नै हो। यो समस्या सामान्य खोकी वा ज्वारों लागेको र केही नभएको मानिसमा पनि देखियो। लकडाउनको बेला डाक्टरसम्म पुग्न गार्हो हुनसक्छ। त्यही भएर आत्तिनु भन्दा पनि आफ्नो मानसिक समस्या हाम्रोडाक्टर एप डाउनलोड गरेर वा तल दिएको लिंकमा गएर राख्नुहोलाः

https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

 

Leave a Comment

X