दाँत तथा मुखमा कस्तो अवस्थाहरु आएमा आकस्मिक सेवा लिने ?  

Article   Dr. Bishow Prakash Thakur  on Wed, Apr 22 2020 04:39 PM 5124 Views 0 Comments 49 persons recommended

दाँत तथा मुखमा कस्तो अवस्थाहरु आएमा आकस्मिक सेवा लिने ?
 

अहिले कोरोना भाइरसको महामारीले गर्दा धेरै जना घर भित्रै लक डाउनमा हुनुहुन्छ , घरबाट बाहिर निस्कन पनि सोच्नै पर्ने हुन्छ | घरबाट बाहिर निस्किनै पर्ने अवस्थाहरु मध्ये स्वास्थ्य उपचार पनि एक हो | कतिपय बिरामीहरु आकस्मिक अवस्था भन्ने सोचेर अस्पताल जानुहुन्छ, तर अस्पताल गएपछी सामान्य चेकजाच गरि औसधी लिएर फर्किनु हुन्छ | घरबाट बाहिर निस्किदा संक्रमणको जोखिम हुने हुदा घरमा बसेरै अस्पताल नगईकन फोन अथवा अरु कुनै माध्यमबाट परामर्श लिदा कोभिड -१९ को जोखिम घटाउन सकिन्छ | दात तथा मुखमा पनि धेरै यस्ता अवस्थाहरु हुन्छन जसको फोनबाटै परामर्श लिई केहि दिनको लागि आराम गराउन सकिन्छ भने केहि यस्ता समस्या हरु पनि हुन्छन जसलाइ आकस्मिक तथा तत्काल उपचार चाहिन्छ | यस्तो आकस्मिक उपचार चाहिने कुनै पनि समस्या भएमा दन्त चिकित्सक संग फोन अथवा कुनै अन्य माध्यम मार्फत परामर्श लिई उचित उपचार गर्न सकिन्छ |

 

१. कुनै कारणबस मुख तथा गिजा बाट रक्त्श्राप भएमा र रगत बग्ने कम नभएमा

मुख तथा गिजाबाट रगत आउने धेरै कारण हुन्छ | ति कारणहरु मध्ये मुखमा घाउ भएर (Ulcer),  हर्षा (Gingivitis) मुख्य कारणहरु हुन्छन | घाउ भएर रगत बगेमा कपासले उक्त ठाउमा ५ मिनेट जति च्यापेर हेर्नुहोला | यति गर्दा पनि रगत बग्न कम नभएमा नजिक को दन्त चिकित्सककोमा जानु होला |

 

२. अत्याधिक मात्रमा मुख तथा दातमा सहन नसक्ने गरि दुखाइ भएमा

      दात को दुखाइ मुख्य गरेर दुइटा कारण ले हुन्छ | पहिलो कारण, दातमा किरा लागेर अथवा सडेर दातको भित्रि तह (Pulp) मा हुने नशा र रक्त नालीमा संक्रमण भएर हुन्छ जसलाई मेडिकल भाषामा पल्पाइटिस “Pulpitis” भनिन्छ | दोश्रो कारण, दात (प्राय गरेर बुद्धि बंगरा) उम्रिने क्रममा दातले मुखमा ठाउ नपाउदा दात उम्रिन पाउदैन र दातको वरिपरी भएको गिजामा संक्रमण भएर गिजा सुन्निन्छ र असाध्यै दुखाइ हुन्छ  | यस्तो समस्या भएमा संक्रमण बढ्न नदिन चाडै उपचार गर्नुपर्ने हुन्छ | दुखाइ कम गर्ने painkiller खाएर सकेसम्म चाडै दन्त चिकित्सककोमा गएर उपचार गराउनु होला |

 

३. दुर्घटना अथवा अन्य कुनै कारणबस दात अथवा मुखमा चोट पटक लागेमा, मुख अड्किएर बन्द गर्न नसकेमा अथवा मुखको दात तथा हड्डी भाचिएमा

 

४. कुनै पनि चोटपटक तथा संक्रमणको कारणले गाला, अनुहार तथा घाटीको वरिपरी सुन्निएर थुक निल्न / सास फेर्न गार्हो भएमा

 

डॉ. विश्व प्रकाश ठाकुर (BDS, MDS), Consultant Orthodontist and General Dental Practitioner

Leave a comment