अहीले सिंगो विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ। निकै विकसित र सुविधा एवम् प्रविधिसम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन।चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ। विश्व स्वास्थ्य संगठन ले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ (2019-nCoV) कोभिड–१९ नाम दिएका छन् । कोरोना भाइरसको लक्षण ; –छिटोछिटो सास फेर्नु, –सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, –समयमा उपचार नभएका निमोनिया हुनु, –ज्वरो आउनु र खोकी लाग्नु, –सास फेर्न गाह्रो हुने, –मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ। कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ? -व्यक्तिगत सरसफाइमा ध्यान दिने। -रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने। -भिडभाडमा सावधानी अपनाउने। -जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने। -खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने । -यदि लक्षण देखिएमा चिकिस्तकलाई सम्पर्क गर्ने। उपचार ; हाल सम्म कोरोना भाइरस विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।
