Anxiety भएको कसरी थाहा पाउने?  

Article   Dr. Devesh(देवेश) Pradhan  on Mon, Aug 31 2020 06:12 PM 6809 Views 0 Comments 7 persons recommended

यो लेखमा Anxiety को बारेमा केहि जानकारी दिने कोशिस गर्नेछु ।

अचानक तपाईं रहेको स्थानमा आगलागी भयो भने मस्तिष्कमा पहिलो सोचाइ के आउँछ होला? हो, पक्कै पनि आगोबाट बचेर सुरक्षित स्थानमा जाने नैं हुन्छ होला हैन र? यदि भाग्नु भएन भने के हुन्छ त? हो, आगोले हानी गरेर ज्यान जान सक्छ।  प्रकृतिले हामी सबै प्राणीमा खतराको समयमा डरको अनुभव गराउँछ, डर नहुने भए मानिसले आफूले आफैलाई बचाउन सक्दैन। तर आफ्नो वरी-परी कुनै पनि खतरा नहुँदा पनि डर लाग्ने, मन आत्तिने, छटपटी हुने गर्दछ भने तपाईं लाई anxiety को समस्या हुन सक्छ।

अब कुरा गरौं anxiety disorder का लक्षण हरु बारेमा।

शारिरीक लक्षणहरु जस्तै

  • मुटुको चाल बढनु।
  • धेरै पसिना आउनु।
  • हात अनि खुट्टाहरु काप्नु।
  • पेट गडबड भएको महशुस हुनु।
  • बारम्बार पिसाब लाग्नु।

मानसिक लक्षणमा भन्नु पर्दा

  • अत्याधिक चिन्ता हुनु।(सानो अनि नचाहिँदो कुरामा पनि मन आत्तिनु)
  • दिमाग अनि मन शान्त नरहनु।

Anxiety विभिन्न प्रकारका हुन सक्छन्, यहाँ म दुई प्रकारका anxiety disorder को बारेमा केहि लेख्न चाहन्छु।

१. Generalized anxiety disorder: Generalized anxiety disorder मा हुने मुख्य कुरा भनेको “free floating anxiety” याने हरदम सधैँ अनि एकदमै सानो भन्दा सानो कुरामा पनि चिन्ता भै रहनु। यस प्रकार को anxiety disorder मा माथि उल्लेखित लक्षणका साथसाथै धेरै मानिसले शिर, अनुहार अनि घाँटीका मासु कडा हुने अनुभव गर्दछन।


२. Panic disorder: Panic disorder मा चाँहि हर-समय anxiety हुने गर्दैन।

  • यस disorder मा anxiety का लक्षण अचानक आउने गर्छन, साथसाथै यी लक्षणहरु एकदमै गम्भीर हुने गर्दछन।
  • मुटु यति तिब्र गतिमा चल्दछ मानौं अब बाहिर निस्की भुइँमा झर्छ।
  • छाती माथि भारी पत्थर राखिदिएको अनुभव हुने गर्दछ।
  • श्वास लिन पनि कठिनाई हुने गर्दछ।
  • मानिसलाई यो समय यति anxiety हुने गर्दछ कि उसलाई अब मेरो प्राण निस्किने छ भन्ने सोचाइ आउँछ।
  • Panic attack अनि heart attack का लक्षण उस्ताउस्तै हुने गर्दछन।
  • धेरै जसो panic attack का बिरामी Emergency या cardiologist(मुटु को डाक्टर) कोमा पुग्ने गरेका छन्।
  • Emergency अनि Cardiologist डाक्टरको तर्फबाट चाहिने सबै जाँच गरी सबै ठिकै पाइएमा Psychiatrist मा पठाउने गरिन्छ।
  • तर त्यस मध्ये धेरै जसो बिरामीहरु लाज अनि शरमका कारण Psychiatrist(मनोचिकित्सक) सम्म पुग्दैनन्।
  • कतिपय बिरामी त आफै CT-Scan/MRI तथा अन्य निक्कै महंगा जाँच सम्म गराउन पुग्छन अनि कोही कोही त विदेश सम्म पनि पुग्ने गर्दछन।
     

हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने मानसिक रोग मध्ये Anxiety disorder सबै भन्दा बढी देखिने मानसिक रोग हो। समयमै Psychiatrist सँग नियमित परामर्श लिँदा यो रोग पनि शरीरका अरु बीमारी जस्तै पूर्ण रूपमा निर्मूल हुने गर्दछ।

Please! Please! Do not hesitate to visit a Psychiatrist, they can help you in lot of ways and make your life better.

Leave a comment