स्किजोफ्रेनिया (Schizophrenia) बारे जानकारी  

Article   Dr. Anoop Krishna Gupta  on Tue, May 12 2020 12:32 PM 3544 Views 0 Comments 1 persons recommended

स्किजोफ्रेनिया (Schizophrenia) एक गम्भीर तथा कडा किसिमको मानसिक रोग हो जसमा रोगीहरूले वास्तविकतालाई असामान्य रूपमा अनुभव गर्छन्। यस्ता रोगिहरूले अरूलाई भन्दा पनि आफैलाई नोक्सानी पुर्याउने जोखिम बढ़ी हुन्छ। स्किजोफ्रेनियामा भ्रम (असत्य बिचार), मतिभ्रम/(इंद्रिय-भ्रम) र अनौठो व्यवहार प्रस्तुत हुन्छन्। यसले दैनिक कामकाजमा बाधा पुर्‍याउँछ र व्यक्तिगत, सामाजिक र व्यावहारिक रुपमा अक्षम बनाउन सक्छ। उपयुक्त उपचार ले जीवनलाई व्यवस्थित बनाउन सक्छ। लक्षणहरु: स्किजोफ्रेनियामा सोच, अनुभूति, व्यवहार र भावनाहरूको बिकार जस्ता लक्षणहरु देखापर्छन् । भिन्न रोगीमा भिन्न लक्षणहरू हुन सक्छन्, तर सामान्यतया भ्रम (delusion), मतिभ्रम (hallucination) र अव्यवस्थित बोली (disorganized speech) प्रतिबिम्बित गर्दछ।

भ्रम ती झूटा विश्वासहरू हुन् जुन वास्तविकतामा आधारित हुँदैनन्। उदाहरण को लागी, रोगीलाई लाग्छ कि उहाँलाई कसैले चोट/ उत्पीडन पुरयाउन वा मार्न खोजिरहेको छ। उहाँसँग असाधारण क्षमता वा प्रसिद्धि छ; अर्को व्यक्ति तपाईं संग प्रेम गर्छ; वा ठूलो प्रकोप हुन लागेको छ, इत्यादि। भ्रम स्किजोफ्रेनियाका साथ अन्य रोगहरूमा पनि हुन्छ। मतिभ्रममा प्रायः नभएका कुरा देख्न वा सुन्न गर्छन्। स्किजोफ्रेनिया भएकाहरूलाई, ति कुराहरु पूर्ण सत्य जस्तो लाग्छ। भ्रम कुनै पनि ५ इन्द्रियमा हुन सक्छ, तर नभएको आवाज सुनेर एक्लैमा बोल्नू सबभन्दा प्रमुख लक्षण हो। अव्यवस्थित सोच (बोली) मा सोधिएको प्रश्नहरूको उत्तर आंशिक वा प्रश्नसित असम्बन्धित हुन सक्छ। बोलीमा बुझ्न नसकिने अर्थहीन शब्दहरू देखिन्छ। negative लक्षणहरू सामान्य रूपमा गर्ने कार्य क्षमताको अभावलाई जनाउँछ। उदाहरण को लागी, व्यक्तिगत स्वच्छतालाई बेवास्ता गर्नु वा भावना को कमी हुनु (आँखाबाट संपर्क बनाउन नसक्नु, अनुहारको भाव परिवर्तन नहुनु वा प्राय एउटै टोनम बोल्नु)।

यसका साथै, दैनिक गतिविधिमा चासो हराउन सक्छ, खुशी अनुभव गर्न को क्षमताको अभाव हुन सक्छ। यस्ता रोगीहरुको व्यवहार लक्ष्यमा केन्द्रित हुँदैनन्, त्यसैले भनिएको कार्यहरू पूरा गर्न प्राय गाह्रो हुन्छ। व्यवहारमा त्रुटि देखिन्छ जस्तै, दिईएको निर्देशनहरूको प्रतिरोध गर्नु , अनुपयुक्त वा विचित्र आसन, प्रतिक्रियाको पूर्ण अभाव वा कमी गर्नु इत्यादि। स्किजोफ्रेनिया भएका केही मानिसहरूलाई आजीवन उपचार चाहिन सक्छ। छिटो सुरू गरिएको उपचारले गम्भीर जटिलताहरू विकास हुनु नदिई लक्षणहरूलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ र समाजमा पुनर्स्थापना गर्न मद्दत गर्दछ।

लेखक डाक्टरलाई मानसिक स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा परामर्श लिनको लागि हाम्रोडाक्टर एपमार्फत वा यो लिंकमा गएर सल्लाह सक्नुहुन्छ:

https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

अथवा सम्पर्क गर्न का निम्ति [email protected] मा मेल गर्नुहोला अथवा "Dr. Anoop Krishna Gupta" Facebook page मा गई मेसेज गर्नुहोला। धन्यवाद

Leave a comment