दाँत उखेलेपछी ध्यान दिनुपर्ने कुराहरु  

Article   Dr. Nitesh Kumar Roy  on Wed, Apr 15 2020 06:57 PM 3514 Views 0 Comments 5 persons recommended

१. दाँत उखेलेको एक घण्टासम्म दाँत उखेलेको भागमा राखिएको गज (रुवा) टोकीराख्ने। गज (रुवा) नचपाउने।

२. एक घण्टापछी गज (रुवा) निकालेर आईस-क्रीम वा चिसो पानी ग्लासमा राखेर खाने।

३. एक दिनसम्म नथुक्ने र कुनै पनि खानेकुरा चुसेर नखाने।

४. एक दिनसम्म जोडले कुल्ला नगर्ने, घाउलाई जिब्रो वा अरु कुनै चिजले नचलाऊने।

५. एक दिनसम्म चिसो, नरम र कम मसालेदार खानेकुरा (जस्तै खिचडी) खाने।

६. एक हप्तासम्म धुम्रपान र मद्यपान नगर्ने।

७. चिकित्सकद्वारा प्रेस्क्राइब गरिएको औषधी समयमा खाने।

८. २४ घण्टापछी नुनिलो मनतातो पानीले दिनको ४ - ५ पटक ५/६ दिनसम्म कुल्ला गर्ने।

९. कुनै पनि समस्या आएमा दन्तचिकित्सक को सल्लाह लिने।

Leave a comment