मधुमेहको रोगी कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने ?  

Article   Dr. Arun Kumar Singh  on Tue, Apr 07 2020 01:14 PM 3164 Views 0 Comments 1 persons recommended

मधुमेह रोगी कोरोना भाइरस बाट कसरी बच्ने ?? अहीले सिंगो विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ। निकै विकसित र सुविधा एवम् प्रविधिसम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन।

चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ। कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न। अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ।कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।विश्व स्वास्थ्य संगठन ले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ (2019-nCoV) कोभिड–१९ नाम दिएका छन् ।

मधुमेहलाई डायबिटिज मिलाइटस र नेपालीमा चिनी रोगि बाल बालिका या बुढा मानिसहरु मधुमेह , रक्तचाप या जसलाई पहिले देखि नै रोग लागे को मानिसलाई बढी खतरा हुने गरेको देखियो !कोरोना भाइरस टाइप वान डायबिटिज र टाइप टू डायबिटिज रोगि दुवै लाई खतरनाक हुने हो ! के हो त् टाइप वान डायबिटिज ? मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला 'इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस' वा 'अपरिपक्व मधुमेह' भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन। टाइप टू डायबिटिज ? इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ।यसलाई पहिला 'इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस' वा 'परिपक्व हुन लागेको मधुमेह' भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।

आज दुनिया को डाटा हर्दा मधुमेह रोगी कोरोना भाईरसको संक्रमणले गर्दा मृत्यु को संख्या पनि बढी रहेको छन् ! मधुमेहको रोगी कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ? समयमा उठने ,समय नुहाउने ८ -१० घण्टा सुत्ने चिन्ता न लिने र सकारात्मक समाचार हर्ने र सोच्ने किनकी यसो गर्दा शरीर मा हर्मोन बढन सकिन्छ र इमुनिटी कम हुन् सकिन्छ ! किताब पढने ,सगीत सुन्ने आदि गर्नु पर्छ ! मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने! शारीरिक व्यायाम कमितिमा बिहान ३० मिनट र बेलुकी ३० मिनट गर्ने ! शरीरको तौल सामान्य राख्ने !

सुर्तीजन्य पदार्थहरू खानु हुँदैन। रक्तचाप नियन्त्रणमा राख्नु । खुट्टाहरूको हेरविचार गर्नु । खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने धुम्रपान र मध्यपान त्याग्ने बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने सन्तुलित र नियमित भोजन लिने , -ब्लड सुगर आफै जाचने -रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने। -भिडभाडमा सावधानी अपनाउने। -जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने। -खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने । -इन्सुलिन या औसधी चिकिस्तकको सलाह लिई उपचार गर्नुपर्छ!

डा.अरुण कुमार सिंह उप-प्राध्यापक, बालरोग विशेषज्ञ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. धरान

Leave a comment