लेजर हेअर रिमुभल  

Article   Dr. Suyog Mainali  on Fri, Apr 26 2019 01:17 PM 2026 Views 0 Comments 6 persons recommended

लेजर हेअर रिमुभल (Laser Hair Removal) भनेको के हो ?

एक बिशेष प्रकारको बत्तिको किरण प्रयोग गरी शरिरमा भएका अनावश्यक रौं हरुलाई हटाउने प्रकृयालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रकृयामा रहेका रौं हरुको जरालाई मार्ने काम गर्छ जस्ले गर्दा फेरी त्यो जराबाट नयां रौं पलाउंदैन । कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने भएकोले सन्तोशजनक रिजल्टको लागी धेरैचोटी गर्नुपर्छ (एक एक महिनाको फरकमा करिब ६-८ पटक्) ।

के रौं फेरी कहिले पनि आउंदैन त ?

आउंछ । तर पहिलेभन्दा धेरै कम मात्र रौं फिर्ता आउंछ । तेसैले यस्लाई लेजर हेअर रिमुभल नभनेर लेजर हेअर रिडक्सन भन्ने चलन छ ।

शरिरमा केहि नकरात्मक अशर पर्छ कि ?

समान्यतया केहि नकरात्मक अशर पर्दैन । हजारौंमा एक जनालाई चहिं दाग बस्ने सम्भावना हुन्छ । त्यो नहोस भनेर लेजर गर्नुभन्दा एक दिन अगाडी लेजर प्याच टेस्ट गर्नुपर्छ ।

कतिको दुख्छ ?

दुख्दैन । अलिअली तातो मात्र महसुश हुन्छ ।

अझ बढी बिस्तृतमा जानकारी चाहनुहुन्छ भने आएर परामर्श गर्न सक्नुहुन्छ । Ph. 014771045 or 9860777206

Leave a comment