नक्कली डाक्टर होशियार !!!



Download our app to get more features

 नक्कली डाक्टर भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले केन्द्रीय अनुुसन्धान ब्यूरो र उच्च माध्यमिक शिक्षा परिषद्को समन्वयमा  मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । 
यसअघि भएका छानवीनका क्रममा धेरै चिकित्सकले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको पाइएको थियो । नक्कली चिकित्सकको विगविगी बढेपछि आमसर्वसाधारणको चिकित्सक माथि विश्वास घट्ने भन्दै काउन्सिलले यस्तो कदम चालेको मेडिकल काउन्सिलका रजिष्ट्रार डाक्टर दिलीप शर्माले जानकारी दिनुभयो । 
 

Comment from facebook