टाउकोमा चोट लागेको छ ? ख्याल गर्नुहोस् : डा. मोहनराज शर्मा (स्नायु विशेषज्ञ)



Download our app to get more features

विश्वव्यापी हेड इन्जुरी जागरण अभियान अन्र्तगत हरेक वर्ष मार्च महिनाभर गरीने जागरण कार्यक्रमका अवसरमा आइतबार काठमाण्डौंको चिरायु अस्पतालले गरेको अन्तरक्रियामा सहभागी चिकित्सकले टाउकोमा लागेको चोटलाई सामान्य भनेर नबस्न सुझाव दिएका हुन् ।  कार्यक्रमका सहभागीले जनचेतनाको कमीले हेड इन्जुरीका बिरामीले तत्कालै उपचार नगर्ने परम्परा बसेको बताए । उनीहरुले दुर्घटनामा टाउकोमा बाहिरी रुपमा चोट नदेखिएपछि तत्कालै चेकजाँच नगर्ने प्रवृत्तिका कारण हेड इन्जुरीका बिरामीहरु बढ्दै गएको बताए । दुर्घटनामा ४० प्रतिशत मानिसलाई हेड इन्जुरी हुने चिकित्सकहरुको अनुमान छ । 
 

Comment from facebook