NEWS: –पोखरामा बर्डफ्लु फेला पर्यो, मरेको हाँस कुखुरा जाँच गर्दा बर्डफ्लु भएको पुष्टि भएपछि खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गरी पन्छिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न स्थानीय प्रशासनको अपिल । –काठमाडौंको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ को स्थापना, सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको दावी । –स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको तयारी, आगामी बजेटमा रकम नै विनियोजन गर्ने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

१३ प्रतिशत बालबालिका अझै खोपको पहुच बाहिर

१३ प्रतिशत बालबालिका अझै खोपको पहुच बाहिर

सरकारले बालबालिकाहरुलाई निशुल्क खोप सेवा उपलब्ध गराउदै आए पनि करिब १३ प्रतिशत बालबालिका भने अझै पनि खोप सेवाको पहँुच भन्दा बाहिर रहेका छन ।

पाल सरकारले १६ हजार खोप केन्द्र र हजारौंको संख्यामा स्बास्थ्यकर्मीहरुलाई परिचालन गरेर ११ किसिमका  सेवा संचालन गर्दै आएको छ । सरकारले निशुल्क उपलब्ध गराएका ११ किसिमका खोपहरु मध्ये ३ प्रतिशत बालबालिकाले एउटा पनि खोप पाउन सकेका छैनन भने करिब १० प्रतिशतले ११ मध्ये एक दुई वटा खोप पाए पनि अधिकांश खोप पाउन सकेका छैनन ।

खोप कार्यक्रम सबैको कार्यक्रम हो भन्ने चेतना अभिबृद्धि गर्ने क्रममा स्थानीय निकायहरुसंग समन्वय गरेर अगाडी बढ्न लागिएको स्वास्थ्य मन्त्रालय बाल स्बँस्थ महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top