NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

लोकमानतन्त्रको अन्त्य हुनुपर्छः डा. केसी

लोकमानतन्त्रको अन्त्य हुनुपर्छः डा. केसी

सरकारसँग चार बुँदे सम्झौता गरी आठौं पटकको अनशन तोडेका प्रा. डा. गोविन्द केसीले लोकतन्त्र जोगाउन लोकमानतन्त्रको अन्त्य गर्नुपर्ने बताएका छन् । 

‘राजनीतिक पक्षले लुट चलाएका थिए तर यसमा भष्ट्राचारका नायक आइपुगे’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई आरोप लगाउँदै डा. केसीले थपे ‘भष्ट्रचारको न्यूनिकरण गर्ने दायित्व पाएका व्यक्ति आफै देशको सबै भन्दा भष्ट्र व्यक्ति भए ।’  यसअघिका झैं यो पटकको अनशनबाट प्राप्त उपलब्धिपनि गुम्ने संकेत देखिएको भन्दै केसीले सरकार जिम्मेवारीबाट हटेपनि निरन्तर खबरदारी गरिरहने बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top