NEWS: -स्वास्थ्य मन्त्रालयद्धारा १५ अस्पताल विकास समितिमा पदाधिकारी मनोनित, बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयद्धारा जानकारी । -कास्की जिल्लामा स्वास्थ्य बिमा गर्ने ८ हजार २६ जना पुग्यो , दर्ता प्रक्रियाको लागी जिल्लाभरी १ सय १० जना कर्मचारी परिचालन । -भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु, डा.रविभूषण सुवाल आएपछि सेवा सुरु भएको अस्पतालद्धारा जानकारी । -सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेका कारण निमोनियाको सिकार, टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य । <<>><<>>

सरकार परिवर्तनले केसीका माग ओझेल पर्ने खतराः भट्टराई

सरकार परिवर्तनले केसीका माग ओझेल पर्ने खतराः भट्टराई

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि त्रि वि शिक्षण अस्पतालमा आमरण अनसन बसेका प्राध्यापक डा. गोविन्द केसीका मागको समर्थन गर्दै ऐक्यवद्धता जनाउने क्रम जारी छ । विभिन्न चिकित्सक, विद्यार्थी, मानवअधिकारर्की र नेतालगायत सर्वसाधारणले केसीका माग जायज भएको भन्दै अनसनको समर्थन गरेका छन् ।  केसीले अनसन शुरु गरेका पाँच दिनपछि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अनसन स्थलमै पुगेर केसीको अनसनको समर्थन गरेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top