लिभर सिरोसिसबाट बच्न डा. सुधांशु केसीको सुझाव 



Download our app to get more features

कलेजो रोगको सबैभन्दा खतरनाक अवस्थालाई ‘लिभर सिरोसिस’ भनिन्छ । विकसित देशमा ५०–६० बर्षको उमेरमा देखिने यो समस्या नेपालमा भने ३०–३५ बर्षको उमेरमा पनि देखिन थालेको छ । त्यसको कारण खानपान, जीवन शैली र कुनै विशेष प्रकारको जिन पनि हो कि भन्ने चिकित्सकहरुको अनुमान छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीका अनुसार सिरोसिस भएपछि कलेजोमा कडापन देखिन्छ । विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाहरु मर्दै जाने उनको भनाई छ । उनले मरेका कोषिकाहरु बिगार्ने कुरालाई हटाउने हो भने फेरी जस्ताको तस्तै हुन सक्ने पनि बताए । 
 

Comment from facebook