गर्मीमा छाला जोगाउनुस्



Download our app to get more features

टन्टलापुर घाम, चर्को गर्मी र धुलोधुँवाले हैरान नभएको को होला र ? जसले गर्दा गर्मीयाममा छालामा समस्या देखिने क्रम पनि बढ्छ । गर्मीले विशेषगरी अनुहारको छालालाई डढाउने र मेकआप बगाउने हुँदा महिलाहरुले घर बाहिर निस्कँदा छाताको प्रयोग गरेको देख्न सकिन्छ । तापक्रम बढ्दै जाँदासुर्यबाट निस्कने पराबैजनी किरणले छालालाई असर गर्ने विशेषज्ञहरु बताउँछन् । त्यस्तैपसीना धेरै आउने र धुलो, धुवाका कारण पनि छालासमस्या देखिने यौनरोग एवं सोन्दर्य विशेषद्द डाक्टर ललन खतिवडाले बताए ।

 

Comment from facebook