अत्याधिक गर्मीसँगै नेपालगञ्जमा बिरामी बढे



Download our app to get more features

नेपालगञ्ज र वरपरको क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ ।  अत्याधिक गर्मी र सुख्खा हावाका कारण बालबालिका र वृद्धवृद्धा थप समस्यामा परेका छन् । गर्मीका कारण नेपालगञ्ज शिक्षण अस्पताल र भेरी अञ्चल अस्पतालमा आउने बिरामीको संख्या बढेको छ ।गर्मीका कारण बालबालिकामा ज्वरो र झाडापखालकाको समस्या बढी देखिएको छ । बालबालिकामा घमौरा र घाउ खटिराको समस्या पनि देखिएको छ । गर्मीले गर्दा बेहोस हुने र वान्ता हुने  जस्ता समस्याले स्थानिय बासिन्दा पिडित हुन थालेका छन् ।

 

Comment from facebook