कसले सुन्ने थारुको रोदन ? सिक्कल सेल एनिमियाको पीडा !



Download our app to get more features
पश्चिम नेपालका बाके, बर्दिया , दाङ, कैलाली कन्चनपुरका थारु समुदायका हजारौ मानिसहरु बर्षाै देखि सिकलसेल रोगबाट ग्रसित छन । रोगको पहिचान नगरी चिकित्सकको अनुमानको भरमा औषधी उपचार गर्दा बिरामीहरुको लाखौ रकम सकिए पनि रोग निको भएको छैन । यो अस्पतालमा गएर हुन्छ कि अर्काे अस्पतालमा गएर हुन्छ की भन्दै बिरामीहरुले चिकित्सक र अस्पतालहरु बदल्न बाध्य छन । एक दर्जन भन्दा बढी अस्पताल र दर्जनौ चिकित्सकलाई देखाउदा पनि रोगको पहिचान सम्म नभएको गुनासो बिरामीहरुको छ ।

Comment from facebook