सौन्दर्य सामाग्री प्रयोग गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् (भिडियो सहित)



Download our app to get more features

चैत्र ४, काठमाण्डौं। गर्मीको समय शुरु भएलगत्तै अधिकांस मानिसलाई छालाको हेरचाह गर्नु टाउको दुखाइको विषय हुन्छ । अझ घाम लागेको समयमा घर बाहिर जाने र खुल्ला स्थानमा काम गर्नेहरुका लागि छालाको उचित हेरचाह गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।


गर्मीको समय शुरु भएलगत्तै छाला सम्बन्धि विभिन्न समस्या लिएर चिकित्सक तथा अस्पताल धाउने महिलाहरुको संख्या बढ्न थाल्छ । तर घामले महिला–पुरुष दुवैको छालामा उस्तै असर गर्छ । शारीरिक सुन्दरतामा महिलाहरु बढी संवेदनशील भएपनि पुरुषले पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

 
गर्मीको समयमा छालामा देखिने समस्याहरुबाट बच्न जथाभावी क्रिमहरुको प्रयोग गर्नेहरु विभिन्न समस्या लिएर चिकित्सक कहाँ जाने गरेका छन् । आफूलाई सुन्दर बनाउने र आकर्षक बनाउने होडमा बजारमा आएका जथाभावी औषधि तथा क्रिमको प्रयोग गर्दा छालामा विभिन्न समस्या देखापर्छ ।

 
घाम तथा धुलोबाट बच्न विभिन्न सौन्दर्य सामाग्रीहरुको आफूखुशी प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा बाहिर हिड्दा छाताको प्रयोग गर्नुका साथै चिकित्सकहरुको परामर्शमा मात्र क्रिमको प्रयोग गर्नुपर्ने छाला रोग विशेषज्ञ डा.सुशील पौडेल बताउँछन् । 

गर्मी बढेलगत्तै घाममा खुला रुपमा हिडडुल गर्दा छालमा विभिन्न समस्या देखा पर्छन् । घामको किरणको असरले ‘सन एर्लजी’,‘दुवी’ र विभिन्न घाउ खटिरा आउने संभावना हुन्छ । यस्तो अवस्थामा बजारमा उपलब्ध जुनसुकै क्रिम तथा औषधी प्रयोग गरेपनि चिकित्सकको परामर्स लिनुपर्ने उनीहरु बताउँछन् । 
गर्मी याममा छालाको उचित हेरचाह गर्न पर्याप्त पानी पिउने, ताजा फलफूल, सागपातको सेवन गर्दा मानिसको छालामा भएको ‘एन्टि अक्डेण्ट’ तत्व पाउन सकिन्छ । जसले सौन्दर्य कायम राख्न मद्धत गर्छ । 


 

Last modified on 2016-03-17 15:26:00

1 Comments

  1. Ekkdum Ramro Kaam Garnu Hudai Cha Tapai Haru le....... And All the best for upcoming days.....(Y)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts