डा. केसीसँग वार्ता गर्न टोली गठन



Download our app to get more features

काठमाण्डौ, १२ साउन । चारदिन देखि आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ताटोली गठन गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता समिति गठन गरेको हो । आजै वीर अस्पतालको वार्षिकोत्सवमा बोल्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केसीको माग सम्बोधन गर्न तत्काल पहल थाल्ने बताएका थिए । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा बनाइएको वार्ताटोलीमा स्वास्थ्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेका छन् । वार्ताटोलीले अनौपचारिक र औपचारिक रुपमा आजैदेखि वार्ता थाल्ने संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताए । श्रेष्ठले भने, 'मैले निमित्त स्वास्थ्य सचिव र मन्त्रिपरिषद कार्यालयको सचिवलाई बोलाएको छु । पहिले हामी छलफल गर्छौं र डा. केसीसँग वार्ता थाल्छौं ।' 

स्वास्थ्य सचिव डा. किरण रेग्मीको अनुपस्थितिमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ निमित्त स्वास्थ्य सचिव रहेका छन् । डा. केसीको यसअघिको १० औं चरणको अनशनका क्रममा बनेको वार्ताटोलीको संयोजक पनि शिक्षा सचिव श्रेष्ठ नै थिए । 

Last modified on 2017-08-01 13:37:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts