नयाँ स्वास्थ्यमन्त्रीलाई गगन थापाको अनुरोधः डा. केसीको अनसन अन्त्यका लागि पहल गरिदिनुहोस्



Download our app to get more features

काठमाडौं, १२ साउन । पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेललाई त्रिबि शिक्षण अस्पतालमा अनसनरत प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्न अनुरोध गरेका छन् । थापाले तत्काल वार्ता समिति गठन गरी प्रा.डा. केसीका माग बारे छलफल अघि बढाउन अनुरोध गरेका हुन् ।  

वीर अस्पतालको १२८औं वार्षिकोत्सव समारोहमा विहीबार पूर्व स्वास्थ्यमन्त्री थापाले चार दिनदेखि ११औं पटक अनसनमा बसिरहेका केसीका माग सम्बोधन गर्न अनुरोध गरेका हुन् । कार्यक्रममा उनले प्रा.डा. केसी पटक पटकको अनसन बस्नु पर्ने अवस्था आउनु सबैका लागि लज्जाको विषय भएको बताए । थापाले विगतका सरकार र डा. केसीबीच पटक पटकका भएका सम्झौताहरू कार्यान्वयनमा उदासिनता देखिएकै कारण डा. केसी फेरि अनसन बस्न बाध्य भएको बताए ।

‘चिकित्सा सेवा सुधारका जायज माग राखेर एक जना ब्याक्ति ११औं पटकसम्म अनसन बस्नु समग्र राष्ट्रकै लागि लज्जास्पद बिषय हो,’ थापाले भने, ‘तपाईको माग जायज हो भन्दै पटकपटक सम्झौता गर्ने अनि तोड्दै पुनः अनसन बस्न बाध्य पार्ने परिपाटी सधैको लागि अन्त्य गरियोस् ।’

नवनियुक्त स्वास्थ मन्त्री गिरीराजमणी पोखरेलले अनसनरत प्रा.डा. केसीको मुद्दालाई विहीबार (आज) बस्ने मन्त्रीपरिषद्मा उठाउने प्रतिबद्धता जनाए । मन्त्री पोखरेलले प्रा.डा. केसीको मुद्दा स्वास्थ्यसँग थोरै र  शिक्षासँग धेरै जोडिएकाले यो बिषयलाई एकिकृत ढङ्गले लैजानु पर्ने बताए । 

डा. केसीको १०औं पटकको अनसन तोडाउँदा थापा स्वास्थ्यमन्त्री थिए । 

Last modified on 2017-08-01 13:37:23

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts