विदेश जान नपर्ने गरी सम्पूर्ण स्वास्थ्य सेवा वीरले प्रदान गर्नेमा आशावादी छु– प्रधानमन्त्री 



Download our app to get more features

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  

वीर अस्पतालको  १ सय २८ औं वार्षिक उत्सवका अवसरमा अस्पताल परिसरमा आज आयोजीत कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले वीर अस्पतालको स्तरोन्नतिका लागि सरकारले पर्याप्त बजेट छुट्टाइसकेको स्मरण गराए ।  वीर असपतालको सेवाबाट आगामी दिनमा आमनागरिक अझ बढी लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै उहाँले अधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सबैको भएको उल्लेख गरे । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारका क्षेत्रमा समेत वीर अस्पताललाई सुविधा सम्पन्न बनाइ  क्षेत्रीय,उपक्षेत्रीय स्तरमा समेत प्रतिष्ठानको सस्तो,सुलभ तथा चुस्त सेवा दिने प्रयासमा सरकार रहेको बताए । 

वीर अस्पताल भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा नेपाल सरकारद्धारा प्रदान गरिएको ५ सय २० रोपनी क्षेत्रफलको जग्गामा सर्न लागेको जानकारी गराउँदै सुविधा सम्पन्न अस्पताल बनाउन सरकार लागिरहेको जनाए ।  अहिले पनि नेपालका कतिपय बिरामी, भारत, बैङलोर, सिङगापुर तथा अन्य मुलुकमा उपचारको लागि जाने गरेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपालमै स्वास्थ्य सम्बन्धि सेवा उपलब्ध होस् भन्नेमा सबै लाग्नुपर्नेमा जोड दिदैं यो काम वीर अस्पतालले गर्न सक्नेमा आफू विश्वस्त रहेको बताए । 
 

Last modified on 2017-08-01 13:38:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts