ढिलो अख्तियारी दिँदा सिटीस्कान खरिदको बजेट फिर्ता 



Download our app to get more features

काठमाडौं, १२ साउन । सिटीस्कान उपकरण खरिद गर्नका लागि प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका दुईवटा सरकारी अस्पताललाई गएको ६ करोड रुपियाँको बजेट फ्रिज भएको छ ।

स्वास्थ्य मन्त्रालयले  ढिलो गरी अख्तियारी दिँदा बजेट फिर्ता गएको हो । मन्त्रालयले  आर्थिक वर्ष २०७३,७४ मासिटीस्क्यान खरिदका लागि कैलालीको सेती अञ्चलन अस्पताल र डडेल्धुराको उपक्षेत्रिय अस्पताललाई तीन–तीन करोड रुपियाँको बजेट पठाएको थियो । वैशाखको पहिलो साता मात्र बजेटको अख्तियारी आएकाले  खर्च हुन नसकेको सम्बन्धित असपताल प्रशासनले जनाएका छन् । उपकरण जडान गर्न कम्तीमा पाँच महिना लग्ने भए पनि आर्थिक वर्षको अन्त्यतिर मात्र बजेटको अख्तियारी आउँदा उपकरण खरिदको प्रक्रिया नै सुरु गर्न नसकिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसीले बताए ।

(आजको गोरखापत्र दैनिकबाट)
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts