केन्द्र विवाद हुँदा स्वास्थ्य चौकीमा तोडफोड, तीन घाइते



Download our app to get more features

दुनै (डोल्पा), १२ साउन । डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किदा स्वास्थ्य चौकीमा तोडफोड भएको छ । 

केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन् । 

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नं ६ का स्थानीयले ढुङ्गामुढा गरेपछि स्थानीय तीनजना घाइते भएका र स्वास्थ्य चौकीको जस्तापाता, झ्याल, सीसा सबैमा क्षति पुगेको इलाका प्रशासन कार्यालय, इलले जानकारी दिएको छ । 

घाइते हुनेमा मुड्केचुला गाउँपालिका वडा नं ३ का कपिलदर बोहोरा, वडा नं ४ नर्कुका हर्क बुढा र विष्णु बुढा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ । 

रासस 
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts