महानायक हमालको घरमा पाक्छ श्रीमान श्रीमतीका लागि छुट्टाछुट्टै खाना !



Download our app to get more features

काठमाडौं,१० साउन । नेपाली सिने उद्योगका  स्टार महानायक राजेश हमाल आफ्नो फिटनेसका लागि निकै सचेत छन् ।

दर्जनौं चर्चित चलचित्रमा अभिनय गरेका नायक हमालको के छ त फिटनेस राज ?  आउनुहोस् जानौं । 
बिहान ५ बजे उठ्छु :
कुनै फिल्मको सुटिङमा राती अबेरसम्म काम गर्न नपरेमा म बिहान ६ बजेसम्म उठिसक्छु । अघिल्लो दिन अबेर रातीसम्म काम गरेको बेला भने बिहान ८ देखि ९ बजेसम्म उठिसक्छु । 
उठ्नेबित्तिकै १ लिटर पानी :
बिहान उठिसकेपछि बाथरुम जान्छु । बाथरुमबाट आएपछि एक लिटर सफा पानी पिउँछु । बिहान पानी नखाईकन अरु केही पनि खाँदिन । 
नियमित व्यायाम :
पानी पिइसकेपछि नियमित व्यायाम  एक्सरसाइजमा लाग्छु । घरमै जिमका समान छन् । धेरैजसो साँझमा एक्सरसाइज गर्न छुटाउँदिनँ अरुले जस्तो योग ध्यान गरेको छैन् ।  तर कहिलेँकाहीँ युट्युबमा हेरेर आनन्द लिन्छु । 
खाजामा फलफूल :
दैनिक सात–आठ प्रकारका फलफूल खाने गर्छु । साधारणतयाः आमनेपालीले खानेजस्तो खाजाको मेनु बन्दैन्, घरमा ।  सधैँजसो फलफूलको साथमा तीनवटा उसिनेका अण्डा लिइराखेको हुन्छु । 
पत्रपत्रिका भन्दा अनलाइन :
आजभोली समय परिवर्तन भइसकेको छ । बिहान पत्रपत्रिका हेर्ने बानी थियो, पहिले । अहिले पत्रपत्रिका घरमा आएपनि अनलाइनमा रुची छ । चिया खान्न कफी मन पर्छ । कफीसँगै फेसबुक र अनलाइनमा आउने लिङकहरु खोल्छु । आवश्यक अनलाइनहरु पनि सर्च गरेर हेरिरहेको हुन्छु । 
खाना खान्न ,सलाद चिकेन मात्र खान्छु :
मैंले यसअघि भनिसकेको कुरा हो, मैले खाना नखाएको लगभग १८ वर्ष भइसक्यो । खानामा साग, सलाद, दाल, चिकेन, तरकारी खान्छु । मेरो घरमा मधुले आफ्ना लागि खाना अर्थात भात बनाए पनि मेरो लागि बन्दैन् ।

(आजको नयाँपत्रिका दैनिकबाट )

Last modified on 2017-08-01 13:41:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts