प्रा.डा. केसी फेरि अनसनमा

What's This?


Download our app to get more features

काठमाडौं, ९ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै एक दशकदेखि आन्दोलनरत त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसी सोमवारबाट अनसन बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रा.डा. केसीले अनसन सुरु गरेका हुन् । उनको यो ११ अनसन हो ।


पटक पटकको अनसनका क्रममा राखेको मागमा सम्झौता गरेता पनि सरकारले कार्यान्वयन नगरेको आरोप लगाउँदै ती माग पुरा गर्न पुनः अनसन बस्नुपरेको उनले बताए । ‘सरकारले पटक पटक हामीसँग सम्झौता गर्ने तर सम्झौता कार्यान्वयन नगर्ने गरेकाले बाध्य भएर अनसन बस्नु प¥यो ।’ उनले भने । 


११औं पटकको अनसनमा प्रा.डा. केसीले पहिले नै राखेका मागहरू कार्यान्वयन हुनु पर्ने जोड दिएका छन् । उनले विगतमा उठाएका ७ मागलाई प्राथमितामा राखेका छन् । उनले बिरामीले गुणस्तरीय सेवा पाउनुपर्ने, चिकित्सा शिक्षाको भर्ना शुल्क सरकारले नै तोक्नु पर्नेलगायतका माग अघि सारेका छन् । 

प्रा.डा केसीले राखेमा माग यस्ता छन् :


 

Last modified on 2017-07-25 11:19:37

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts