३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा



Download our app to get more features

जुम्ला, ८ साउन । हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

रु ७६ करोडमा निर्मार्णाधीन भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका इञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए । 

यो ३ सय शय्याको भवन पश्चिम नेपालको चिकित्सा जगत्मा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । कम्पनीले तोकिएको मितिभन्दा अगावै कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । 

रजिष्ट्रार विश्वराज काफ्लेले अस्पताल भवन निर्माणपश्चात् पिछडिएका क्षेत्रका नागरिकले छिटो छरितो, व्यवस्थित र अत्याधुनिक सेवा प्राप्त गर्ने बताए । रजिष्ट्रार काफ्लेले भने, “अब एक हजार ५०० रोपनी जग्गा प्रतिष्ठानका नाममा हुनेबित्तिकै शैक्षिक कार्यक्रम सञ्चालन र आवासका लागि संरचना निर्माण कार्य थालनी हुनेछ । ” 

उनले, चार वर्षदेखि प्रवीणता प्रमाणपत्र तह सञ्चालन गरेको प्रतिष्ठानले अब चालु आवको मंसिरभित्रै मिडवाइफ्री सञ्चालन गर्ने बताए । उनका अनुसार बिपिएच तहका लागि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

प्रतिष्ठानमा १६ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिृकतसहित जम्मा ११७ जना कर्मचारी कार्यरत छन् । 

शर्मा प्रेरा रसुवा ज्वाइन्ट भेन्चुरले गत २०७२ असार १२ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । कम्पनीले जाडो यामलाई पनि अनुकूलित बनाउँदै निर्माण कार्यलाई तीव्रता दिँदै आएको छ । 

प्रतिष्ठान स्थापनाले दुर्गमको मानकलाई तोड्दै हाडजोर्नी एनेस्थेसिया, मेडिसिन सर्जन, एमडिजिपी, स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । 


रासस

Last modified on 2017-07-23 08:38:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts