नर्मल डेलीभरी चाहनुहुन्छ भने यि कुरामा ध्यान दिनुस् !



Download our app to get more features

गर्भावस्था एक यस्तो अवस्था हो जसमा गर्भवती महिलाले विशेष ध्यान र सावधानी अपनाउनु पर्छ । किनकी गर्भवतीको स्वास्थ्यको पूर्ण असर उनको गर्भमा रहेको बच्चामा प्रत्यक्ष असर परिरहेको हुन्छ । गर्भावस्ताका बेला खानपिनदेखि व्यायाममा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ । किनकी व्यायाम गर्नु बच्चाको लागि सुरक्षति हुन्छ र शल्यक्रिया भन्दा पनि सामान्य (नर्मल) डिलिभरी हुने सम्भवना बढी हुन्छ । 

हालै सार्वजनिक १६ देशको १२ हजार ५ सय महिलाहरुमा गरिएको एक अध्ययन रिपोर्टका अनुसार जुन महिला गर्भावस्थाका समय व्यायाम गर्छन् र सन्तुतिल स्वस्थ आहार सेवन गर्छन् उनको नर्मल डिलिभरी हुन्छ । 

लण्डनमा प्रत्येक चौँथौ बच्चा शल्यक्रियाबाट हुने गरेका छन् भने भारतको केही राज्यमा ५० प्रतिशत महिलाको सल्यक्रियाबाट डिलिभरी हुने गरेको छ ।

उसो त चिकित्सकहरु शल्यक्रियाबाट डिलिभरी हुनुलाई पनि सुरक्षति मान्छन् । तर, यसको जोखिमलाई भने नकार्न सकिन्न । शल्यक्रियामा इन्फेक्शनको खतरा सँधै रहिरहन्छ । किनकी डिलीभरीको बेला  शरीरबाट अत्यधिक रगत बग्ने र अंगमा भएको घाँउका कारण पनि इन्फेक्शनको खतरा रहन्छ । जसले गर्दा बच्चालाई श्वास लिनमा पनि समस्या हुन सक्छ ।

यो अध्ययन भन्दा पहिले भएको अध्ययनको नतिजा अनुसार ४० प्रतिशत महिलाको तौल ९ औँ महिनामा बढ्ने हुँदा शल्यक्रियाको माध्यम अपनाउनुपर्छ । किनकी प्रायः जसो महिलाहरु सोच्ने गर्छन् कि गर्भावस्थाको बेला दुई जनाको लागि खाना खानु पर्छ ।
 
हालै लण्डन स्थति क्विन मैरी यूनिभर्सिटीका अध्ययनकर्ताहरुले ३६ वटा क्लिनिकल जाँचाको तथ्याकंको अध्ययन गरेका थिए, त्यसमा मोटापना शल्यक्रिया डिलीभरीको सबैभन्दा ठूलो कारण भएको अध्ययनकर्ताहरुले पत्ता लगाए । यस्तो अवस्था आउनुको कारण महिलाहरु गर्भावस्थाका बेला व्यायाम गर्न पूर्ण रुपले नै छोडिदिने गर्छिन् र धेरै आराम गर्न तर्फ केन्द्रित हुन्छिन् जसले गर्दा उनीहरुको तौल बढ्र जान्छ ।

ब्रिटिश मेडिकल जरनलमा प्रकाशति उक्त रिपोर्टका अनुसार गर्भावस्थाका बेला व्यायाम गर्नाले र हेल्दी डाइट खाने महिलाहरुमा तौल बढ्ने खतरा कम हुन्छ । त्यतिमात्र नभई उनमा डाइबिटीज जस्तो रोग विकसित हुने जोखिम पनि २४ प्रतिशत कम भएर जान्छ र उनलाई शल्यक्रिया माध्यमको आवश्यक्ता पर्दैन । त्यसैले नर्मल डिलीभरी चाहनुहुन्छ भने व्यायाम र योग गर्नुस् ।

गर्भावस्थामा यि कुरा गर्नबाट बचौँ

१. अत्यधिक वोसोयुक्त वा चिल्लो मसालेदार खानबाट परहेज गर्नुपर्छ ।

२. अत्यधिक गुलियो वा चिनियुक्त खाद्य पदार्थ खानुभन्दा पनि टाँढै रहनु पर्छ ।
 
३. कोल्ड ड्रिन्क्स वा चिसो पेय पदार्थ जो डब्बामा बन्द हुन्छन् त्यस्ता खाने – पिउने कुराबाट टाँढै रहनु पर्छ ।

यि कुरामा ध्यान दिनु आवश्यक  

१. रोयल कलेज अफ अब्सटेट्रशियिन्स एन्ड गाइनोकोलोजिस्ट्सका अनुसार गर्भावस्थाका बेला  महिलाहरुलाई कम से कम ३० मिनेट एरोबिक्स व्यायाम गर्नु राम्रो हुन्छ । जस्तै : दौड्नु, नाच्नु र पौडी खेल्नु आदि ।

२. गर्भावस्थाका बेला व्यायाम गर्नुमा नै धेरै जोड दिनु भन्दा पनि योग गर्नु पनि लाभकारी हुन्छ । 

३ . अत्यधिक मात्रामा तरकारी र फलपूmल खाने पनि सल्लाह दिइन्छ । तर, फलफूल र तरकारीको सेवन गर्नु भन्दा पहिले सफाईँमा पनि ध्यान दिनु आवश्यक हुन्छ । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-24 07:37:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts