दयनीय अवस्थामा पुगेको सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्नुहोस्ः झा



Download our app to get more features

काठमाडौँ- व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जुकुमारी झाले सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्न सरकारसँग आग्रह गरेकी छिन्।

सप्तरी जिल्लाका सांसद, अनुभवी चिकित्सक तथा साहित्यमा रुची राख्ने डा सुबोधकुमार पोखरेलले लेखेको ‘दिलचोर’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गर्दै उनले चिकित्सा क्षेत्रमा सेवा पु¥याएका उनले कविता संग्रहमार्फत साहित्यमा पनि योगदान गरेकोमा सराहना व्यक्त गरिन्।

आफू सानो छँदा राम्रो सेवा दिइरहेको उक्त अस्पताल अहिले दयनीय अवस्थामा पुगेको भन्दै सरकार तथा चिकित्सकलाई अस्पतालको गुणस्तर तथा क्षमता बढाई जनताको सेवामा प्रभावकारी बनाउन पनि उनले आग्रह गरिन्।

यस क्षेत्रबाट १७ जना सांसदले प्रतिनिधित्व गरेपनि अस्पतालको विकासमा कसैले ध्यान नदिएकोमा दुःखेसो पोख्दै ‘स्वास्थ्य नै धन हो’ भन्ने उखानलाई मनन गरेर अस्पतालको विकास गरेमा तराईका हजारौँ जनता लाभान्वित हुने बताइन्।


समीक्षक एवम् चिकित्सक डा भोला रिजालले कविता सङ्ग्रहको समीक्षा गर्दै पहिलो पटक ढाकामा भेट भएका डा सुबोधकुमार पोखरेल राजनीति, साहित्य र पत्रकारितामा पोख्त भएको बताउँदै उनको कवितामा हाँसो र दुःखान्तको मिश्रण एवम् विदेशिएका नेपालीको व्यथा झल्किएको बताए। 

मुटुरोग विशेषज्ञ डा दामोदर पोखरेलले नेपालमा मुटुरोग एउटा गम्भीर समस्याका रुपमा देखा परेकाले सबैले यसमा विशेष निगरानी राख्नुपर्ने बताए। रासस

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts