भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य कर्मचारीका परिवारलाई सहयोग



Download our app to get more features

काठमाडौँ, ७ साउन । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ जना स्वास्थ्यकर्मीका परिवारले रु २३ लाख सहयोग रकम पाएका छन् ।

बीस जना कर्मचारीका लागि सरकारले आव २०७३/७४ मा स्वास्थ्य मन्त्रालयमा रु ३२ लाख बजेट छुट्ट्याइएको थियो । अन्य नौ जनाको विभिन्न प्रक्रिया नपुग्दा रकम वितरण गर्न नसक्दा रु नौ लाख ‘फ्रिज’ भएको मन्त्रालयका लेखा अधिकृत प्रह्लाद सापकोटाले जानकारी दिए।

गत वर्षको चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्थायी कर्मचारीका परिवारलाई रु तीन लाख र अस्थायी कर्मचारीका परिवारलाई रु एक लाखका दरले सहयोग गर्ने निर्णय गरेको थियो । रकम लिन छुटेकाहरुका लागि पुनः बजेट माग गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार छ जना स्थायी र पाँच जना अस्थायी कर्मचारीका परिवारले सहयोग रकम लिएका छन् । रकम लिन बाँकी रहेका रहेका नौ जना पनि अस्थायी कर्मचारी हुन् । जसमा महिला स्वास्थ्य करारमा काम गर्ने कर्मचारी र स्वयम्सेविका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा र काठमाडौँका कर्मचारी रहेका छन् । रासस

Last modified on 2017-07-22 19:49:03

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts